एमालेलाई कमजोर शक्ति नठान्न केपी शर्मा ओलीको चूनौती (भिडियो सहित)
काठमाडौ, पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका तत्कालिन अध्यक्ष मनमोहन अधिकारीको १८ औं स्मृति दिवसको अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले बुधबार ललितपुरमा गरेको कार्यक्रममा ओलीले यस्तो बताउनुभएको हो ।
छल, बेइमानी र धोकापूर्ण ढंगले जनता झुक्याउने दुस्साहस नगर्न सरकारलाई ओलीले चेतावनी दिनुभयो । राजनीतिक सहमतिका लागि एमाले बाधक भएको भन्ने आरोपको खण्डन गर्दै उहाले राष्ट्रिय हितमा हुने कुनै पनि विषयमा आफूहरु बाधक नबन्ने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा अध्यक्ष ओलीले मनमोहन अधिकारी सामाजिक आन्दोलनका अगुवा र बहुमुखी प्रतिभाका धनी भएको भन्दै नेपाली जनताको पक्षमा उनले र्पुयाएको योगदानको चचा गर्नुभयो । कार्यक्रममा स्वर्गीय अधिकारीको प्रतिमामा माल्यापर्ण गरिएको थियो ।


