मृत्यु कुरेर बस्नुपर्ने अबस्थामा पुगेकी धनकुटाकी धनकुमारीले पाऊने भईन नयाँ जीवन !

धनकुटा खबर, बैशाख १४, । दुबै मृगौला फेल भएकी धनकुटा छिन्ताङ्ग गाउँपालिका आँखिसल्ला ७ चाम्चाकी ५४ बर्षिया धनकुमारी राईले पुनः जीवन पाउने भएकी छिन् ।

२ बर्ष देखि मृगौला फेल भई बिराटनगरका बिभिन्न अस्पतालमा उपचारका क्रममा ६ लाख सकेर मृत्यु कुरेर बस्नुपर्ने अबस्थामा पुगेकी राईले अब निःशुल्क मृगौला प्रत्यारोजन गर्न पाउने भएकी छिन् ।

हाल हाल भक्तपुरको मानव अंग प्रत्यारोपन केन्द्रमा उपचारका क्रममा रहेकी राईको ५ लाखमा मृगौला प्रत्यारोपन हुने भएपछि उनका देवर बम बहादुर राईले स्वास्थ्य मन्त्री गगन थापा प्रति आभार ब्यक्त गरेका छन् ।

यद्यपी उपचारका क्रममा सम्पूर्ण पैसा सकिएकोले अतिरित्त खर्चको लागि उनले सहयोग लागि सबैलाई आग्रह गरेका छन् ।

नेपाल सरकारका स्वास्थ्य मन्त्री थापाको बिशेष पहलमा निःशुल्क मृगौला प्रत्यारोपणको नीति लागु भएपछि नेपालीहरुलाई राहत मिल्दै आएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।