‘नरहे नेपाल, रहँदैनौ हामी नेपाली’ भन्ने नारा सहित दौरा-सुरुवाललाई राष्ट्रिय पोशाक बनाउन माग गर्दै प्रदर्शन (फोटो फिचरसहित)
काठमाडौं, १४ वैशाख । दौरा-सुरुवाललाई राष्ट्रिय पोशाक बनाउन माग गर्दै राजधानीमा फरक शैलीको प्रदर्शन भएको छ।
नरहे नेपाल, रहँदैनौ हामी नेपाली भन्ने नाराका सडकमा उत्रिएको युवाको एक समूहले सालको पात बेरेका थिए। पछिल्लो समय नेपाली संस्कृति र राष्ट्रियता माथि विभिन्न कोणबाट प्रहार भइरहेको भन्दै नेपाली राष्ट्रिय पोशाक दौरा सुरूवाललाई राज्यको तहबाट संरक्षण गर्नुपर्ने उनीहरुले माग गरे।

र्यालीमा सहभागी ११ युवाले शरीरमा सालको पात मात्र बेरेका थिए। माइतीघरदेखि सुरुभएको र्याली बानेश्वर पुगेर समापन भएको थियो। दवाबमूलक प्रदर्शनमा सहभागीले नेपालीको टोपी, दौरा, सुरूवाललार्इ राष्ट्रिय पोशाक बनाउन सरकासँग माग गरे। श्रद्धावान नेपाल र राष्ट्रिय पोशाक संरक्षण महाअभियानले संयुक्त रुपमा र्याली गरेका हुन्। माइतीघरदेखि सुरु भएको र्याली नयाँ वानेश्वर पुगेर समापन भएको थियो।


सरकारसँग राष्ट्रिय पोसाक स्थापना गर्नुपर्ने माग गर्दै बिहीबार श्रद्धावान् नेपाल राष्ट्रिय पोसाक संरक्षण महाअभियान नेपालको अगुवाइमा करिब १३ बढी सङ्घ संस्थाका युवाले सालको पातबाट बनेको पोसाक लगाएर अर्धनग्न भई काठमाडौँको माइतीघर मण्डलाबाट नयाँबानेश्वरसम्म ¥याली निकाल्दै । तस्बिर: रोशन सापकोटा, रासस


