बिवादका कारण बन्दरहेको धनकुटा जिससको खाता आईतबारदेखि सन्चालनमा आउने
धनकुटा खबर । गएको डेढ महिना देखि बन्द भएको जिल्ला समन्वयन समितिको खाता आईतबारबाट सनचालनमा आउने बताईएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय र समन्वयन समिति बीचको आपसी बिवादका कारण फागुन २७ गते देखि समितिको खाता सनचालनमा आउन सेकेको थिएन ।

दुबै पक्ष बीच शुक्रबार भएको आपसी बार्ता पछि आईतबार देखि कार्यालयको चालु र पूँजीगत दुबै खाताहरु सनचालनमा आउने स्थानिय बिकास अधिकारी पर्व प्रसाद साप्कोटाले जानकारी दिनुभयो ।
स्थानिय तहको पुनः संरचनाले गर्दा बिभिद प्राबिधिक समस्याहरु आएकाले खाता सन्चालन स्वीकृतिमा ढिलाई भएको प्रमुख कोष तथा लेखा नियन्त्रक नरेश प्रसाद खरेलले जानकारी दिनुभयो ।
जिल्ला समन्वयन समितिको खाता सन्चालनमा नआउँदा ३ महिना देखि धनकुटा नगरपालिका बाहेक अन्य ६ वटा स्थानिय तहको रकम निकासी नहुंदा बिकास निर्माणका कामहरु प्रभावित भएको छ ।


