यस्तो छ धनकुटामा उधमशिलता / दैनिकी ! – हेर्नुहोस् रोमान्चक ३५ तस्वीरहरु सहित

१.बगुरका सेकुवा पोल्दै हिलेका यज्ञ प्रसाद लिम्बु । उनले दैनिक ६० केजी सम्म एउटा बंगुरको सेकुवा बेच्ने सुब्बा सेकुवा बेचेर लखपति बनेका ब्यक्तिमा चिनिन्छन् ।

१.बगुरका सेकुवा पोल्दै हिलेका यज्ञ प्रसाद लिम्बु । उनले दैनिक ६० केजी सम्म एउटा बंगुरको सेकुवा बेच्ने सुब्बा सेकुवा बेचेर लखपति बनेका ब्यक्तिमा चिनिन्छन् ।

२.गाडिमा आएका यात्रुहरुलाई ज्ञमरा जातको उखु बेच्दै धनकुटा मुलघाटका महिलाहरु । उक्त क्षेत्रका करिव ३ दर्जन महिलाहरु उखु बेचेर जिविका चलाउन सफल छन् ।

२.गाडिमा आएका यात्रुहरुलाई ज्ञमरा जातको उखु बेच्दै धनकुटा मुलघाटका महिलाहरु । उक्त क्षेत्रका करिव ३ दर्जन महिलाहरु उखु बेचेर जिविका चलाउन सफल छन् ।

३.ठेकी बनाउनका लागि काठको मुढा छाँटकाट गर्दै धनकुटाको साबिक चानुवा गाबिस स्थित एक कामदार । चुँदार कलाबाट बनाईने काठका सामाग्रीहरु न्यूनतम एक सय देखि १५ हजार सम्म बिक्ने गर्दछ ।

३.ठेकी बनाउनका लागि काठको मुढा छाँटकाट गर्दै धनकुटाको साबिक चानुवा गाबिस स्थित एक कामदार । चुँदार कलाबाट बनाईने काठका सामाग्रीहरु न्यूनतम एक सय देखि १५ हजार सम्म बिक्ने गर्दछ ।

४.पुरानो भएर भाँचिंदै गरेको धनकुटाको मुलघाट स्थित पुरानो झोलुँगे पुल । स्थानिय प्रशासनले उक्त पुल प्रयोगमा रोक लागाएपनि स्थानियबासीहरुले यसको प्रयोग गर्दै आएका छने ।

४.पुरानो भएर भाँचिंदै गरेको धनकुटाको मुलघाट स्थित पुरानो झोलुँगे पुल । स्थानिय प्रशासनले उक्त पुल प्रयोगमा रोक लागाएपनि स्थानियबासीहरुले यसको प्रयोग गर्दै आएका छने ।

५.कृषि अनुसन्धान केन्द्र पाख्रिबास स्थित अर्थोडक्स चिया बनाउन हरियो चियापत्ति सुकाउँदै एक महिला । एक केजी अर्थोडक्स चिया १५ सय सम्ममा बिक्री हुनेगरेको छ ।

५.कृषि अनुसन्धान केन्द्र पाख्रिबास स्थित अर्थोडक्स चिया बनाउन हरियो चियापत्ति सुकाउँदै एक महिला । एक केजी अर्थोडक्स चिया १५ सय सम्ममा बिक्री हुनेगरेको छ ।

६.धनकुटाको चुलिवन स्थित खानेपानीको टंकी बनाउन माटो सम्याउँदै एक स्काभेटर डोजर । चौबिस घण्टे पानीका लागि २४ करोडमा सम्पन्न खानेपानीको अहिले बितरणको परीक्षण काल चलिरहेको छ ।

६.धनकुटाको चुलिवन स्थित खानेपानीको टंकी बनाउन माटो सम्याउँदै एक स्काभेटर डोजर । चौबिस घण्टे पानीका लागि २४ करोडमा सम्पन्न खानेपानीको अहिले बितरणको परीक्षण काल चलिरहेको छ ।

७.ब्यापारीक केन्द्र हिले बजारमा लाग्ने साप्ताहिक बजारमा घरेलु औजारको किनबेच गर्दै स्थानिय ब्यपारी तथा ग्राहकहरु । नयाँ प्रबिधिका कारण बिस्तारै घरेलु उद्योगहरु बन्द हुने अबस्थामा रहेका छन् ।

७.ब्यापारीक केन्द्र हिले बजारमा लाग्ने साप्ताहिक बजारमा घरेलु औजारको किनबेच गर्दै स्थानिय ब्यपारी तथा ग्राहकहरु । नयाँ प्रबिधिका कारण बिस्तारै घरेलु उद्योगहरु बन्द हुने अबस्थामा रहेका छन् ।

८.गाबस्तुको गोठमा प्रयोग गर्न निगालोबाँसबाट प¥याङ्ग(चित्रो) बनाउँदै धनकुटाको साबिक ताँखुवा गाबिसका महिलाहरु । छानो र बारका रुपमा पैयोग हुने यस्ता प¥याङ्ग २५० सम्ममा बिक्री हुनेगरेको छ ।

८.गाबस्तुको गोठमा प्रयोग गर्न निगालोबाँसबाट प¥याङ्ग(चित्रो) बनाउँदै धनकुटाको साबिक ताँखुवा गाबिसका महिलाहरु । छानो र बारका रुपमा पैयोग हुने यस्ता प¥याङ्ग २५० सम्ममा बिक्री हुनेगरेको छ ।

९.धनकुटाको मुलघाट स्थित बिश्रान्ती मन्दिर । मन्दिर संगै रहेको आश्रमका लागि रु १ बाट १ करोड संकलन गरी ब्याजले जेष्ठ नागरीकहरुको भरणपोषण गरिएको छ ।

९.धनकुटाको मुलघाट स्थित बिश्रान्ती मन्दिर । मन्दिर संगै रहेको आश्रमका लागि रु १ बाट १ करोड संकलन गरी ब्याजले जेष्ठ नागरीकहरुको भरणपोषण गरिएको छ ।

१०.बुवा संग खुकुरी बनाउँदै धनकुटाको पाख्रिबास नगरपालिकाको कटहरे वडा नं.८ का ११ बर्षिय बालक बिकास लामिछाने । उनको रिवारले मासिक ४० वटा सम्म खुकुरी बनाएर स मासिक २० हजार सम्म कमाउने गरेका छन् ।

१०.बुवा संग खुकुरी बनाउँदै धनकुटाको पाख्रिबास नगरपालिकाको कटहरे वडा नं.८ का ११ बर्षिय बालक बिकास लामिछाने । उनको रिवारले मासिक ४० वटा सम्म खुकुरी बनाएर स मासिक २० हजार सम्म कमाउने गरेका छन् ।

११.धनकुटाको छिन्ताङ्ग गाउँ हुँदै धरान बजारतर्फ खसीबोका बेच्न लादै खरिददार ब्यपारीहरु । जिल्लाबाट बाहिर पशु निर्यात् गर्दा स्थानिय प्रशासनको अनुमति लिनुपर्ने भएकापनि यसको पूर्ण कार्यान्वयन भएको पाईन्न ।

१२.धनकुटाको निगाले स्थित किसानबाट संकलन गरिएको कुच्चो बनाउने अम्रिसो ट्याक्टरमा लगाउँदै कामदारहरु । गत बर्ष प्रति केजी ९० सम्म बिकेको अम्रिसोको फुल यो बर्ष घटेर ४५ सम्म झरेको छ ।

१२.धनकुटाको निगाले स्थित किसानबाट संकलन गरिएको कुच्चो बनाउने अम्रिसो ट्याक्टरमा लगाउँदै कामदारहरु । गत बर्ष प्रति केजी ९० सम्म बिकेको अम्रिसोको फुल यो बर्ष घटेर ४५ सम्म झरेको छ ।

१३.पाख्रीबासको निल बहादुर थापाको फर्ममा पालिएका उन्नत जातका गाईर्भैसीहरु । हाल धनकुटामा ४६ गाई÷भैसी फर्महरु रहेको पशु कार्यालयको तथ्यांक छ ।

१३.पाख्रीबासको निल बहादुर थापाको फर्ममा पालिएका उन्नत जातका गाईर्भैसीहरु । हाल धनकुटामा ४६ गाई÷भैसी फर्महरु रहेको पशु कार्यालयको तथ्यांक छ ।

१४.आफूले उत्पादन गरेको माछा देखाउँदै धनकुटाको फलामेटार स्थित माछा फर्मका एक यूवक । खोलाले बगर भएको जमिनको तथबन्धन गरेर स्थानिय देव ईवाहाङ्गले करिव ३० लाखको लागतमा माछा पालन गरेका छन् ।

१४.आफूले उत्पादन गरेको माछा देखाउँदै धनकुटाको फलामेटार स्थित माछा फर्मका एक यूवक । खोलाले बगर भएको जमिनको तथबन्धन गरेर स्थानिय देव ईवाहाङ्गले करिव ३० लाखको लागतमा माछा पालन गरेका छन् ।

१५.अलैचीको बिरुवा देखाउँदै धनकुटा भीरगाउँका अगुवा कृषक चन्द्रलाल तामाङ्ग । राष्टपति पुरस्कार बिजेता समेत रहेका तामाङ्गको बार्षिक आम्दानी न्यूनतम १० लाख देखि ६० लाख सम्म रहंदै आएको छ ।

१५.अलैचीको बिरुवा देखाउँदै धनकुटा भीरगाउँका अगुवा कृषक चन्द्रलाल तामाङ्ग । राष्टपति पुरस्कार बिजेता समेत रहेका तामाङ्गको बार्षिक आम्दानी न्यूनतम १० लाख देखि ६० लाख सम्म रहंदै आएको छ ।

१६.धनकुटाको भेडेटार स्थित ऐतिहाँसिक साँगुरी गढी । यो धनकुटाको एक पर्यटन गन्तब्य हो ।

धनकुटाको भेडेटार स्थित ऐतिहाँसिक साँगुरी गढी । यो धनकुटाको एक पर्यटन गन्तब्य हो ।

१७.चियामा मलको रुपमा लगाउन पिना कुट्दै धनकुटाको हिलेमा रहेको गुराँसे टि स्टेका महिला कामदारहरु । यहाँ उत्पादित चिया यूरोप र अमेरिकामा निर्यात् हुन् गरेको छ ।

चियामा मलको रुपमा लगाउन पिना कुट्दै धनकुटाको हिलेमा रहेको गुराँसे टि स्टेका महिला कामदारहरु । यहाँ उत्पादित चिया यूरोप र अमेरिकामा निर्यात् हुन् गरेको छ ।

१८.घरमा प्रयोग हुने भोटे ताल्चा । पुरातात्विक महत्व बोकेका यस्ता ताल्चा गाउँघरमा अझैं प्रयोगमा भेटिन्छन् ।

घरमा प्रयोग हुने भोटे ताल्चा । पुरातात्विक महत्व बोकेका यस्ता ताल्चा गाउँघरमा अझैं प्रयोगमा भेटिन्छन् ।

१९.मुलघाट क्षेत्रमा बेच्न लानको लागि उखु काट्दै महाभारतको लेउती बगरका मागीमान लिम्बु । यस क्षेत्रमा २ दर्जन भन्दा बढी किसानहरुले ज्ञमरा जातको चपाएर खाने उखु खेती गर्नेगरेका छन् ।

मुलघाट क्षेत्रमा बेच्न लानको लागि उखु काट्दै महाभारतको लेउती बगरका मागीमान लिम्बु । यस क्षेत्रमा २ दर्जन भन्दा बढी किसानहरुले ज्ञमरा जातको चपाएर खाने उखु खेती गर्नेगरेका छन् ।

२०.धनकुटाको सुनसान लेगुवा बजार । अरुण नदिमा भोजपुर–धनकुटा जोड्ने पक्की पुल बनेपछि पहिलाको तुलनामा यो ठाउँ सुनसान बनेको हो ।

धनकुटाको सुनसान लेगुवा बजार । अरुण नदिमा भोजपुर–धनकुटा जोड्ने पक्की पुल बनेपछि पहिलाको तुलनामा यो ठाउँ सुनसान बनेको हो ।

२१.धनकुटाको हिले बजार नजिकै बनेको होराईजन रिसोर्ट । यो धनकुटाको एक मात्र तारे होटल सरह सुबिधा दिने होटल हो ।

धनकुटाको हिले बजार नजिकै बनेको होराईजन रिसोर्ट । यो धनकुटाको एक मात्र तारे होटल सरह सुबिधा दिने होटल हो ।

२२.धनकुटाको हिले स्थित एक फर्निचर उद्योगमा काठको बिट चिर्दै कामदारहरु । बिभिन्न सजावट र फोटो फ्रेम बनाउन प्रयोग हुने यस्ता बिट प्रति फुट १५ रुपैंया सम्ममा बिक्री हुनेगरेको छ ।

धनकुटाको हिले स्थित एक फर्निचर उद्योगमा काठको बिट चिर्दै कामदारहरु । बिभिन्न सजावट र फोटो फ्रेम बनाउन प्रयोग हुने यस्ता बिट प्रति फुट १५ रुपैंया सम्ममा बिक्री हुनेगरेको छ ।

२३.सजिवन तरकारी बिनबेच गर्दै स्थानिय ग्राहक तथा ब्यपारी महिलाहरु । प्रति केजी १५० सम्म पर्ने सजिवन बर्षमा १ पटक मात्र पाईने तराकारी हो ।

सजिवन तरकारी बिनबेच गर्दै स्थानिय ग्राहक तथा ब्यपारी महिलाहरु । प्रति केजी १५० सम्म पर्ने सजिवन बर्षमा १ पटक मात्र पाईने तराकारी हो ।

२४.बाख्राहरुलाई घाँस खुवाउँदै धनकुटा तेलिया गाउँका यूवा कृषक मेघराज खतिवडा । उनले अहिले २ सय भनदा बढी उन्नत जातको बाख्रा पालेर फर्म सन्चालन गरेका छन् ।

बाख्राहरुलाई घाँस खुवाउँदै धनकुटा तेलिया गाउँका यूवा कृषक मेघराज खतिवडा । उनले अहिले २ सय भनदा बढी उन्नत जातको बाख्रा पालेर फर्म सन्चालन गरेका छन् ।

२५.जंगलबाट खोजेर ल्याउको मजिटो लहरा काट्दै धनकुटा जोरपाटीका महिलाहरु । यो लहरा बिभिन्न रङ बनाउन प्रयोग गरिन्छ ।

जंगलबाट खोजेर ल्याउको मजिटो लहरा काट्दै धनकुटा जोरपाटीका महिलाहरु । यो लहरा बिभिन्न रङ बनाउन प्रयोग गरिन्छ ।

२६.धनकुको च्याङच्याङबारीबाट बेलहारा जाने कृषि सडक । बेलहारा क्षेत्रमा उत्पादन हुने टमाटरका कारण यस क्षेत्रमा चौतर्फी बाटो निर्माण भएका छन् ।

धनकुटाको च्याङच्याङबारीबाट बेलहारा जाने कृषि सडक । बेलहारा क्षेत्रमा उत्पादन हुने टमाटरका कारण यस क्षेत्रमा चौतर्फी बाटो निर्माण भएका छन् ।

२७.धनकुटाको एयरपोर्ट बन्ने स्थल बेलहारा डाडा । सर्भेक्षणको ५० बर्षपछि सरकारले यो बर्षबाट उक्त स्थानमा एयरपार्ट बनाउन स्वीकृति दिएको छ ।

धनकुटाको एयरपोर्ट बन्ने स्थल बेलहारा डाडा । सर्भेक्षणको ५० बर्षपछि सरकारले यो बर्षबाट उक्त स्थानमा एयरपार्ट बनाउन स्वीकृति दिएको छ ।

२८. धनकुटाको बिहिबारे हटियामा काठको ठेकी किनबेच गर्दै ब्यपारी र ग्राहकहरु । चुादार कलाबाट बनेका ठेकीहरुमा जमाएको दहि अहिले पनि लोकप्रिय छ ।

धनकुटाको बिहिबारे हटियामा काठको ठेकी किनबेच गर्दै ब्यपारी र ग्राहकहरु । चुादार कलाबाट बनेका ठेकीहरुमा जमाएको दहि अहिले पनि लोकप्रिय छ ।

२९.धनकुटाको भेडेटारबाट धरान तर्फको देखिने छोटिमोङ्गको सुन्दर दृष्य । उक्त स्थानको हजार बुद्ध सहित डाँडोमा बिग बुद्ध भन्ने भएको छ ।

धनकुटाको भेडेटारबाट धरान तर्फको देखिने छोटिमोङ्गको सुन्दर दृष्य । उक्त स्थानको हजार बुद्ध सहित डाँडोमा बिग बुद्ध भन्ने भएको छ ।

३०.पहेलो रंगले पोतिएको धनकुटामो माथिल्लो कोप्चे बजार । एशियाकै रसिलो मानिने खोकुको सुन्तलाको प्रचार गर्न धनकुटाका सबैघर पहे.लो बनाउने अभियान शुरु गरिएको छ ।

पहेलो रंगले पोतिएको धनकुटामो माथिल्लो कोप्चे बजार । एशियाकै रसिलो मानिने खोकुको सुन्तलाको प्रचार गर्न धनकुटाका सबैघर पहे.लो बनाउने अभियान शुरु गरिएको छ ।

३१.धनकुटाको वारी पात्ले स्थित किसानले लगाएको उत्तिसको रुखहरु । बाँदरले अन्नबाली खान नदिएपछि उक्त क्षेत्रका किसानहरुले खेतबारीमा उत्तिस लगाउन थालेका हुन् ।

धनकुटाको वारी पात्ले स्थित किसानले लगाएको उत्तिसको रुखहरु । बाँदरले अन्नबाली खान नदिएपछि उक्त क्षेत्रका किसानहरुले खेतबारीमा उत्तिस लगाउन थालेका हुन् ।

३२.भेडेटारको पाथिभरा मन्दिरमा सेल्फी खिच्दै एक यूवा । यो भेडेटारको एक प्रमुख धार्मिक पयैटकीय गन्तब्य हो ।

भेडेटारको पाथिभरा मन्दिरमा सेल्फी खिच्दै यूवा । यो भेडेटारको एक प्रमुख धार्मिक पयैटकीय गन्तब्य हो ।

३३.भारत सरकारको सहयोगमा निर्मित मारेकटाहारेको शारदा माबि । भारत सरकारको सहयोगमा ३ बिद्यँलय मध्ये पाख्रिबासमा एक माबि बनिसकेको छ भने धनकुटाको गोकुण्डेश्वर बालमन्दिरको भवन निर्माणाधिन रहेको छ ।

भारत सरकारको सहयोगमा निर्मित मारेकटाहारेको शारदा माबि । भारत सरकारको सहयोगमा ३ बिद्यँलय मध्ये पाख्रिबासमा एक माबि बनिसकेको छ भने धनकुटाको गोकुण्डेश्वर बालमन्दिरको भवन निर्माणाधिन रहेको छ ।

३४. जलबायू परिवर्तनका कारण मर्ने अबस्थामा पुगेको धनकुटा मालबासे गाउँको एक सुन्तला बगान । हाल धनकुटामा ५ हजार ५ सय ५५ हेक्टरमा सन्तला खेती हुने गरेको जिल्ला कृषि बिकास कार्यालयको तथ्यांक छ ।

जलबायू परिवर्तनका कारण मर्ने अबस्थामा पुगेको धनकुटा मालबासे गाउँको एक सुन्तला बगान । हाल धनकुटामा ५ हजार ५ सय ५५ हेक्टरमा सन्तला खेती हुने गरेको जिल्ला कृषि बिकास कार्यालयको तथ्यांक छ ।

३५.धनकुटाको जितपुर बजार । यो धनकुटाको महालक्ष्मि नगरपालिकाको केन्द्र हो ।

धनकुटाको जितपुर बजार । यो धनकुटाको महालक्ष्मि नगरपालिकाको केन्द्र हो ।

तस्वीर: नारायण कुमार राई / धनकुटा खबर

धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम

प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।