रामनवमीको अबसरमा हिलेमा सञ्चालन भएको कार्यक्रमको आयव्यय सार्वजनिक

धनकुटा खबर, वैशाख १६ । रामनवमीको अवसरमा र्सिजनशील साँस्कृतीक समूहले हिलेमा सञ्चालन गरेको कार्यक्रमहरुको आयव्यवय सार्वजनिक गरेको छ ।

समूहले आज यहाँ एक भेलाको आयोजना गरी कार्यक्रमको आयव्यय सार्वजनिक गरेको हो ।

जसअनुसार समूहले रामनवमीको अवसरमा हिले सञ्चालन गरेको रथयात्रामा हिलेका विभिन्न व्यक्तिहरुवाट सहयोग स्वरुप ४१ हजार ८ सय १३ रुपयाँ आम्दानी भएको जनाईएको छ । यो कार्यक्रम सञ्चालनका लागि २२ हजार ८ सय ८० रुपयाँ खर्च भएको कार्यक्रममा जानकारी दिईएको छ ।

रथयात्रावाट संकलित जम्मा सहयोग मध्ये खर्च गरिएको उल्लेखित रकमदेखी वाँकी रहेको १८ हजार ९ सय ३३ रुपयाँ रथकोषमा जम्मा गरिने समूहले जनाएको छ । त्यस्तैगरी समूहले नै आयोजना गरेको १२ औ रामनवमी खुल्ला पुरुष भलिवल प्रतियोगितामा भने १ लाख ९ हजार ९ सय २० रुपयाँ घाटा भएको समूहले जनाएको छ ।

प्रतियोगिताका लागि यहाँका विभिन्न संघ संस्था र व्यक्तिहरुवाट २ लाख १६ हजार ५५ रुपयाँ आम्दानी भएको र २ लाख ८० हजार ९ सय ७५ रुपयाँ वरावर खर्च भएको समूहले जनाएको छ । ४५ हजार रकम भने आउन वाँकी नै रहेको कार्यक्रममा जानकारी दिईएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।