अस्पताल आफैं थला पर्यो (भिडियो सहित)

कञ्चनपुर, वैशाख १७ । पछिल्लो समय स्वास्थ्य क्षेत्रमा केही सुधारका संकेत देखिएका छन् । तर, सरकारी अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक नहुने पुरानै समस्या भने अझै समाधान हुन सकेको देखिँदैन ।

यसैको ज्वलन्त तथा प्रतिनिधिमूलक उदाहरण हो कञ्चनपुर सदरमुकामस्थित महाकाली अञ्चल अस्पताल ।

अस्पताल भन्ने बित्तिकै बिरामीले मन्दिरसरह ठान्ने गर्छन् अनि चिकित्सकलाई भगवान । तर बिरामीले भगवान् ठान्ने चिकित्सकहरु दरबन्दी अनुसार अस्पतालहरुमा नभेटिदा समस्यै समस्या मात्र देखिने गरेको छ ।

महाकाली अञ्चल अस्पतालमा पनि दरबन्दी अनुसारका चिकित्सक नहुँदा अस्पताल आफैं बिरामी झै थलिएको छ । महाकाली अञ्चल अस्पतालमा बाल रोग बिशेषज्ञ तथा स्त्री रोग बिषेश सहित १५ जना बिशेषज्ञ डाक्टरको अझै दरबन्दी खाली नै छ । जसका कारण सेवाग्राहीहरु अस्पतालबाट पाउने स्वास्थ्य सेवा लिनबाट बञ्चित भईरहेका छन् ।

विस्तृत रिपोर्टका लागि ईमेज खबरको यो भिडियो हेर्नुहोस्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।