पूर्वमा आन्दोलनरत सङ्घीय लिम्बुवान निर्वाचनमा जाने

दमक, २३ वैशाख । पूर्वमा आन्दोलनरत सङ्घीय लिम्बुवान पार्टी नेपालले स्थानीय तहको निर्वाचनमा भाग लिने भएको छ ।

पार्टीले लिम्बुवान प्राप्तिका लागि निर्वाचनलाई आन्दोलनका रुपमा उपयोग गर्ने जनाएको छ । आज झापाको दमकमा पार्टीले पत्रकार सम्मेलन गरी निर्वाचनमा एकल वा मुद्दा मिल्ने अन्य दलसँग तालमेल गरी चुनाव लड्ने बताएको हो ।

पार्टी केन्द्रीय कार्यसमितिको दमकमा आज सम्पन्न बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका सहअध्यक्ष खगेन्द्र माखिमले निर्वाचनलाई लिम्बुवान राज्य प्राप्तिका लागि रणनीतिका साथ उपयोग गरिने बताउनुभयो । उहाँले निर्वाचनबाट नै लिम्बुवानको आन्दोलनलाई सशक्त बनाउन तथा पहिचानवादीहरुसँग मिलेर आफ्नो मुद्दा स्थापित गर्ने दाबी गर्नुभयो ।

यसैबीच बैठकले पार्टी अध्यक्ष सञ्जुहाङ पालुङ्वा र महासचिव सूर्यबहादुर माखिमलाई पार्टी हित विपरीत गतिविधि गरेको १३ बुँदे आरोप लगाउँदै पार्टीबाट निलम्बन गरेको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सहअध्यक्ष माखिमले द्वय नेतृत्वलाई मतियार भएको आरोप लगाउँदै पार्टीको विधान बमोजिम आगामी छ महिनासम्म कारबाही गरिएको बताउनुभयो ।

बैठकले निर्वाचनमा अन्य दलहरुसँग तालमेल गर्न पार्टी सहअध्यक्ष माखिमको संयोजकत्वमा दीपक मेन्याङ्वो र सरस्वता सिंगक रहेको एक वार्ता टोलीसमेत गठन गरिएको जनाएको छ ।

त्यस्तै विभिन्न २५ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुका साथै जिल्ला तहमा सङ्गठन विस्तार गर्न पूर्वका नौ जिल्लामा संयोजकसमेत तोकिएको पार्टीका प्रवक्ता केदार धिमालले बताउनुभयो ।

विसं २०७३ असोज ४ देखि ८ गतेसम्म दमकमा लिम्बुवान एकताको प्रथम महाधिवेशनले पालुङ्वालाई अध्यक्षमा चयन गरेको थियो । पालुङ्वासहित महासचिव माखिमले महाधिवेशनपछि पार्टीको जिम्मेवारी पालना नगरेको आरोप लगाएका छन् । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖