झण्डा फहराउँदै नियमित काममा यसरी फर्किइन् प्रधानन्यायाधीश सुशीला (हेर्नुहोस भिडियो सहित )

बैशाख २४ । प्रधानन्यायाधीश सुशीला कार्की नियमित काममा फर्किएकी छन् ।

प्रधानन्यायाधीश कार्कीविरुद्धको महाभियोगको प्रस्तावमा परेको रिट निवेदनमाथि सर्वोच्च अदालतले तत्काल कामकारबाही अघि नबढाउन अन्तरिम आदेश दिएपछि उनी आजदेखि काममा फर्किएकी हुन् ।

अदालतले दिएको आदेश कार्यान्वयन गर्दै प्रधानन्यायाधीश कार्की नियमित कामका लागि आज बिहान साढे ९ बजे नै अदालत पुगेकी हुन् ।
न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले शुक्रबार व्यवस्थापिका संसदमा दर्ता भएको महाअभियोगको प्रस्ताव प्रथम दृष्टिमा नै उपयुक्त आधार र कारण नदेखिएको भन्दै त्यसमाथिको कारवाही अघि नबढाउन अन्तरिम आदेश दिएको थियो ।

प्रधानन्यायाधीश कार्की नियमित काममा फर्किएपछि कामु प्रधानन्यायाधीशको कार्यभार सम्हाल्दै आएका गोपाल पराजुली पूर्ववत् वरिष्ठ न्यायाधीशमा फर्किएका छन् ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका २ सय ४९ सांसदको हस्ताक्षरसहित वैशाख १७ गते प्रधानन्यायाधीश कार्कीविरुद्ध व्यवस्थापिका संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।