एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा ५ जना घाइते

मलेखु (धादिङ), २५ वैशाख । गजुरी गाउँपालिका–८ चैनपुरमा आज नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच झडप हुँदा पाँच जना घाइते भएका छन् ।

घाइते हुनेमा माओवादीका ६० वर्षीय मायानाथ अधिकारी, ३६ वर्षीय नारायण अधिकारी, ३५ वर्षीय सावित्री अधिकारी तथा एमालेका २४ वर्षीय सुरेन्द्र बराल र २३ वर्षीय मिलन बराल छन् । दुवै पक्षको चुनावी प्रचारप्रसारका क्रममा चैनपुरमा जम्काभेट भएपछि झडप भएको हो । घाइतेमध्ये मायानाथ र नारायणलाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।

अन्य घाइतेको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरी उपरीक्षक शरद खत्रीले बताउनुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।