एमाले – काँग्रेस को टोल-टोलमा चुनावी सभा, पानीमा रुझ्दै मतदाता घरदैलोमा

भक्तपुर, २६ वैशाख । वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचन नजिकिँएसँगै भक्तपुरमा काँग्रेस र एमालेले टोल-टोलमा चुनावी सभामा व्यस्त हुन थालेका छन् ।

नेपाली काँग्रेस मध्यपुर थिमिले आज बोडेमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सोही दलका केन्द्रीय सदस्य मीन विश्वकर्माले १८ वर्ष पछि हुनलागेको स्थानीय तहको निर्वाचन सफल पार्न सबै लाग्नुपर्ने बताउनुभयो ।

निर्वाचनलाई महोत्सवको रुपमा लिएर शान्ति पूर्णरुपमा निर्वाचन सम्पन्न गर्नुपर्ने उहाँको धारणा थियो । कार्यक्रममा मध्यपुरथिमि नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट प्रमुखको उम्मेदवार बन्नुभएका अष्टकुमार कवेंले नगरको विकासका लागि नेपाली काँग्रेस मात्र सक्षम भएको बताउनुभयो । उहाँले आफू विजयी भए एकवर्षभित्र जनताले अनुभूति गर्नेगरी नगरको विकासमा लागिपर्ने बताउनुभयो ।

काँग्रेससँग प्रतिस्पर्धामा उत्रिएको एमालेले पनि सोही नगरपालिकाको भुलाखेलमा चुनावी सभा गरेको छ । सभामा बोल्दै मध्यपुरथिमि नगरपालिकामा प्रमुखका उम्मेदवार मदनसुन्दर श्रेष्ठले नगरपालिकाको भ्रष्टाचार हटाएर नगरपालिकालाई स्वच्छ रुपमा विकास गर्नु आवश्यक रहेको बताउनुभयो ।

उहाँले मध्यपुरथिमि नगरपालिका, कोरिया मैत्री अस्पताल, कमेरोटार जग्गा एकीकरण आयोजनालाई चुस्त बनाउने र मध्यपुरलाई पर्यटकीय, सांस्कृतिक नगरको रुपमा विकास गर्दै बाह्य तथा आन्तरिक रिङरोड बनाउने बताउनुभयो ।
कार्यक्रममा उपप्रमुखका उम्मेदवार केदार खड्काले नगरको विकासका लागि वाम एकताको आवश्यकता महसुस गरी चुनावी मैदानमा आएको बताउनुभयो ।

आजै बिहान परको पानीको पर्वाह नगरी नेकपा एमाले र नेपाली काँग्रेसले घरदैलो अभियान तीव्र पारेका छन् । एमालेले मध्यपुर थिमिको निकोसेरादेखि, कमेरोटार, सिन्टिटार हँुदै मध्यपुरथिमिको विभिन्न क्षेत्रमा घरदैलो गर्दै भोट मागेका छ भने नेपाली काँग्रेसले पनि घदैलो अभियान अघि बढाएको छ। रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।