भोटका लागि पैसा बाँड्ने मन्त्रीलाई एमाले कार्यकर्ताले लखेटेपछि कांग्रेसमा खैलाबैला !, वन मन्त्री भन्छन् ‘यो सब झुटो हो’

काठमाडौं । निर्वाचन आचारसंहिता विपरित वनमन्त्री शंकर भण्डारीले भानु नगरपालिका–१ सालबिस्नेमा मतदातालाई पैसा बॉडेका छन् । निर्वाचन आचारसंहिता लत्याउँदै वनमन्त्री भण्डारीले सालबिस्नेका मतदातालाई प्रभावित पार्न पैसा बॉडेका हुन् । आजको कारोबार दैनिकमा खबर छ–पैसा बॉडिएको खबर थाहा पाउने बित्तिकै स्थानीय जनताले विरोध गरेका थिए । स्थानीयको विरोधपछि मन्त्री भण्डारी त्यहॉबाट भागेको एक स्थानीयले बताए ।

‘मतदातालाई पैसा बॉडेको सुचना आएपछि एमाले, माओवादी लगायत स्थानीय तत्कालै पुगेर विरोध जनाए’ सोही ठाउँ पुगेका एक सर्वसाधारणले भने, ‘स्थानीयले घेरा हालेपछि प्रहरीले मन्त्रीलाई तत्कालै त्यहॉबाट अन्यत्र लगे ।’

भानु नगरपालिकामा कांग्रेसबाट मेयरमा उदयराज गौली र उपमेयरमा आशा थापा उम्मेदवार बनेका छन् । मन्त्री भण्डारीको निर्वाचन क्षेत्र अन्र्तगतको उक्त नगरपालिकामा कांग्रेसका उम्मेदवारलाई जिताउन भन्दै शनिबार भानु आएका उनले भानु र पुर्कोटको चुनावी सभामा भाषण समेत गरेका थिए ।

वन मन्त्री भन्छन् ‘यो सब झुटो हो’
यस विषयमा वनमन्त्री भण्डारीले पैसा बॉडिएको भन्ने झुटो भएको बताए । कांग्रेसका केन्द्रीय समेत रहेका भण्डारीले पैसा बॉडेको प्रमाणित गर्न चेतावनी दिएका छन् ।
लमजुङको एक कार्यक्रम सकेर फर्कँदै गर्दा भन्सारमा कार्यकर्तासँग भेटघाट गर्ने क्रममा एमालेका कार्यकर्ताले बाटोमा अवरोध गरेको समेत मन्त्री भण्डारीले दावी गरे । मन्त्री भण्डारी अहिले काठमाडौं फर्कदैछन् । – समाचार भिडियो रिपोर्टमा हेर्नुहोस्

https://youtu.be/hCr2ZEIDMrU



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।