महिला क्रिकेटको उपाधि राइजिङ क्रिकेट बुमन काठमाडौँलाई

धनगढी, २६ वैशाख । कैलालीको अत्तरियामा भएको ‘रुस्लान अत्तरिया कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता‘को उपाधि राइजिङ क्रिकेट वुमन काठमाडौँले जितेको छ ।

आज भएको फाइनल खेलमा विभागीय टोली एपिएफलाई १७ रनले पराजित गर्दै राइजिङले उपाधि जितेको हो । उपाधिसँगै उसले नगद रु दुई लाख र ट्रफी हात पारेको छ भने उपविजेता विभागीय टोली एपिएफले पनि रु एक लाख प्राप्त गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको राइजिङले निर्धारित २० ओभरमा पाँच विकेटको नोक्सानीमा १५२ रन बनायो । राइजिङका लागि अलराउण्डर विदेशी खेलाडी पुजा निमाभाटले ३८ बलको सामना गर्दै चार चौकाको मद्दतले ३७ रन बनाइन् । त्यस्तै सहनवाज प्रवीण २५, शान्ता मुखर्जी २३, शान्ति खतिवडा २१, नेरी थापा र आरती बिडाँरीले समान १३÷१३ रन बनाए ।

एपिएफकी सरिता मगरले चार ओभरमा २९ रन खर्चिदै तीन विकेट लिइन् । त्यस्तै एपिएफकी करणा भण्डारीले समेत दुई विकेट हात पारिन् । १५३ रनको विजय लक्ष्य पछ्याउँदै मैदान प्रवेश गरेको विभागीय टोली एपिएफले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै १३६ रन मात्रै बनाउन सक्यो । एपिएफकी पूजा पाण्डेले ४२ बल खेल्दै पाँच चौकाको मद्दतले ४८ रन बनाएपनि आफ्नो टोलीलाई जित भने दिलाउन सकिनन् ।

त्यस्तै एफिएफकी करुणा भण्डारीले २४ र सरिता मगरले २१ रन बनाएपनि बाँकी खेलाडीले भने दोहरो अङ्कको रन बनाउन सकेनन् । एपिएफलाई सस्तैमा समेट्न राइजिङकी पुजाले चार ओभरमा १७ रन खर्चिदै चार विकेट हात पारिन् ।

प्रतियोगितामा १०७ रन बनाउँदै ११ विकेट लिएकी राइजिङकी पुजा उत्कृष्ट खेलाडी घोषित हुँदै नगद रु २५ हजार हात पारिन् ।

त्यस्तै राइजिङकै शान्ता मुखर्जी उत्कृष्ट विकेट किपर भइन् भने विभागीय टोली एपिएफकी ज्योति पाण्डेय र सरिता मगर क्रमशः उत्कृष्ट ब्याट्वुमन र बलर घोषित हुँदै रु १० हजार नगद प्राप्त गरे । प्रतियोगितामा देशका छ वटा महिला क्रिकेट टोलीको सहभागिता थियो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।