साझा उम्मेदवार कुँवरलाई विजयी गराउने प्रतिबद्धता

पोखरा, २६ वैशाख । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) कास्कीले पोखरा लेखनाथ महानगरपालिकाको प्रमुख पदमा काँग्रेसका उम्मेदवार रामजी कुँवरलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा काँग्रेस र माओवादी केन्द्रबीच केन्द्रीयस्तरमा भएको सहमतिअनुरुप महानगरपालिकामा माओवादी केन्द्रका तर्फबाट प्रमुख पदका उम्मेदवार विश्वप्रकाश लामिछानेले उम्मेदवारी फिर्ता गरिसकेका कारण दुवै पार्टीले संयुक्तरुपमा काँग्रेसका उम्मेदवार कुँवरलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

काँग्रेस कास्कीका सभापति कृष्ण केसी र माओवादी केन्द्र कास्कीका संयोजक दीपक कोइरालाले संयुक्तरुपमा विज्ञप्ती जारी गरी पार्टी केन्द्रको सहमतिअनुसार प्रमुख पदको उम्मेदवारी फिर्ता लिएकामा माओवादी केन्द्रका नेता लामिछानेलाई धन्यवाद व्यक्त गर्दै संयुक्त उम्मेदवारका रुपमा कुँवरलाई विजयी गराउने बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।