सबैले सत्ता स्वार्थ त्याग्नुपर्छ : अध्यक्ष थापा

हेटौँडा, २६ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रमुख राजनीतिक दलहरुले सत्ता स्वार्थ त्यागी देशको स्वतन्त्रता र जनतालाई केन्द्रबिन्दु बनाएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

राप्रपा मकवानपुरले आज हेटौँडा उपमहानगरपालिका–५ स्थित भैरवटोलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै बीस वर्षपछि नयाँ संरचनाअनुसार हुन लागेको स्थानीय तहको निर्वाचनमा मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउन प्रतिपक्षी दल नेकपा (एमाले)ले पनि लचकताका साथ संविधान संशोधन प्रक्रियामा सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

उहाँले अहिले मुलुकमा बढ्दै गएको राष्ट्रिय सङ्कटलाई शीर्ष दलहरुले आपसी समझदारीको माध्यमबाट आगामी माघभित्रै प्रदेश र सङ्घको निर्वाचन गर्नुपर्ने बताउनुभयो । अध्यक्ष थापाले आर्थिक समृद्धि र विकास निर्माणमा जनप्रतिनिधिलाई जिम्मेवारबोध गराउन सरकारले प्रशिक्षण दिनुपर्ने बताउनुभयो ।

सो अवसरमा केन्द्रीय सदस्य दीपकबहादुर सिंह, सहायक महामन्त्री राजाराम बर्तौला र राप्रपाका तर्फबाट हेटौँडा उपमहानगरपालिकाका प्रमुख मधु अधिकारीले संविधान कार्यान्वयन गर्ने सिलसिलामा स्थानीय तहको निर्वाचन अनिवार्य बताउनुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।