‘बिदेसिएका लाखौ यूवायूवतिलाई स्वदेशमै रोजगारी दिने जिम्मेवारी काँग्रेसको काँधमा’ : स्वास्थ्यमन्त्री गगन थापा

पोखरा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा स्वास्थ्यमन्त्री गगन थापाले संविधान कार्यान्वयन गरी देशलाई निकास दिने जिम्मेवारी काँग्रेसको काँधमा आएको बताउनुभएको छ ।

नेपाली काँग्रेस कास्कीद्वारा पोखरा चिप्लेढुङ्गास्थित बिपी चोकमा आज आयोजित कोणसभालाई सम्बोधन गर्दै मन्त्री थापाले निष्पक्ष र भयरहित वातावरणमा स्थानीय तहको दुई चरणकै निर्वाचन सम्पन्न गरी काँग्रेसले आफ्नो दायित्व पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो ।

अरु दलले घुर्की लगाउँदै जिम्मेवारीबाट पन्छिन मिल्छ तर काँग्रेसले कोसँग घुर्की लगाउने भन्दै मन्त्री थापाले अहिलेको निर्वाचन राम्रो काम गर्ने दललाई पुरस्कृत र नराम्रो गर्नेलाई दण्डित गर्ने नेपाली जनताको एक महान अवसर भएको धारणा राख्नुभयो ।

मन्त्री थापाले स्थानीय सरकार बलियो बनाएर विदेशिएका लाखौँ युवायुवतीलाई स्वदेशमै रोजगारीका अवसरमा सिर्जन गर्ने गरी काँग्रेसले विशेष कार्यक्रम ल्याउने उल्लेख गर्नुभयो ।

उहाँले काँग्रेसबाट विजय प्राप्त गर्ने जनप्रतिनिधिले पाँच वर्षसम्म ती निकायलाई समृद्ध बनाउन सधै खबरदारी गर्ने दृढता व्यक्त गर्नुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।