काबेली बिकास बैंकको नवौं साधारण–सभा सम्पन्न, २० प्रतिशत बोनस शेयर वितरण

धनकुटा खबर, बैशाख २७ । धनकुटामा केन्द्रिय कार्यालय रहेको काबेली बिकास बैकको नवौं साधारण–सभा सम्पन्न भएको छ ।

बैकले आफ्नो साधारण–सभाको अबसरमा बैंकमा आवद्ध ४ हजार २ सय ३५ शेयर सदस्यहरुलाई मुनाफाको २० प्रतिशत बोनस शेयर बितरण गरेको छ ।

गत सालको ७ करोड १ लाख ७६ हजार मुनाफाबाट चालु आवमा १ करोड ४० लाख ३५ हजार २ सय रकम बराबरको शेयर वितरण गरिएको कम्पनी सचिव शैलेनद्र वादे श्रेष्ठले जानकारी दिनुभयो ।

चालु आवको चैत्र मसान्त सम्म ५८ करोड ९२ लाख ७५ हजार ९ सय ६ रुपैंया निक्षेप संकलन गरेको बैंकले कुल कर्जामा १३ दशमलव ९७ प्रतिशत बृद्धि गरेर ६९ करोड ५४ लाख ४२ हजार ४ सय ८० रुपैया पु¥याएको छ ।

७० प्रतिशत संस्थापक शेयर घटाएर ५१ प्रतिशत मात्र राखेको बैकले १९ प्रतिशत थपेर साधारण सेयर ४९ प्रतिशत कायम गरेको बैंकका अध्यक्ष गोपाल प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ,उद्योग बाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरे,सन्चालक द्वय दिपक गौतम र तिलबिक्रम चेम्जोङ्गले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

बैंकको बन्द–सत्रले बैंकका ४१ संस्थापक शेयरधनीबाट गोपाल प्रसाद काफ्ले,जनार्दन घिमिरे,हेमराज सुबेदी र लक्ष्मिनाथ घिमिरे गरी ४ जना सन्चालक सदस्यहरु छनौट गरेको छ ।

छनौट भएका सन्चालकहरु र साधारण शेयर धनीहरुबाट छनौट भएका सदस्यहरुको पहिलो बैठकबाट अध्यक्षको छनौट हुने बैंकका सूचना अधिकृत मोहन ढुंगेलले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।