‘घुँडा टेकेर होइन पैतालाले टेक्ने नेपाली स्वाभिमानको इतिहासलाई कायम राख्न एमाले सक्षम’ : ओली

काठमाडौँ, २७ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनको प्रचारका क्रममा विभिन्न जिल्लामा आफ्ना कार्यकर्तामाथि आक्रमण हुँदा प्रहरीले सुरक्षा दिन नसकेको आरोप लगाएका छन् ।

स्थानीय तहको निर्वाचनका लागि पार्टी तयार गरेको विभिन्न श्रव्यदृष्य सामग्रीलाई बुधबार आज लोकार्पण गर्दै अध्यक्ष ओलीले कानुनी राज्य पालना गर्न सरकार गम्भीर नहुनुले यस्ता कामले स्वच्छ र धाँधलीरहित निर्वाचन हुनेमा आशङ्का पैदा भएको बताए ।

निर्वाचन आयोगलाई निरीह नभई कानुनसम्मत रुपमा प्रस्तुत हुन पनि अध्यक्ष ओलीले आग्रह गरे ।

“देशलाई आतङ्कको राज र छाँयामा लान खोजिँदैछ । हिंसा, धाँधली, अनियमितता र बेथितिका काम भइरहेको छ” अध्यक्ष ओलीले भन्नुभयो, “हामी शान्ति र लोकतन्त्रका बाटोबाट अघि बढ्न चाहन्छौँ, यसलाई कमजोरी नठानियोस् ।”

उहाँले कुनै पनि झुट र असत्य सामग्रीलाई एमालेले प्रचार गरिरहनु नपर्ने बताउँदै आफूहरुले रेलको कुरा गर्दा खेलौना रेल ल्याएर तमासा देखाएको तर अहिले सबै पार्टीका घोषणापत्र र भाषणमा त्यही रेललाई अपरिहार्य आवश्यकता मानिएको उल्लेख गर्दै देशको एकता र समृद्धिका लागि एमाले आवश्यक छ भने ।

अध्यक्ष ओलीले घुँडा टेकेर होइन पैतालाले टेक्ने नेपाली स्वाभिमानको इतिहासलाई कायम राख्न पार्टी सक्षम भएको उल्लेख गरे । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।