देउवालाई ओलीको प्रश्न : प्रधानमन्त्रीको कुर्सी पाउन कहिले टाउकोको मोल तोक्ने कहिले छोरीलाई काँधमा बोक्ने ? (भिडियो सहित)
काठमाडौं, २७ बैशाख– एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलका मुख्य नेताको सत्तास्वार्थ र परिवार मोहको गठबन्धनलाई मतदाताले अस्वीकार गर्ने वताएका छन् । सूचना प्रविधि प्रयोगकर्ताहरुले बुधवार राजधानीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले हिंसा, धाँधली र बेथिति मिलाएर निर्वाचनलाई प्रभावित पार्ने प्रयास भएको पनि वताए ।
‘सन्तानको निकै माया लाग्दो रहेछ उहाँहरुलाई, अरु त हारुन् कि जितुन् मतलवै छैन, सन्तान जिताउन जे पनि गरिरहनु भएको छ’ ओलीले भने, ‘अनि अर्काको त के कुरा गर्नु, जसरी पनि प्रधानमन्त्री पाउनु छ । त्यो पद पाउन कहिले टाउकोको मोल तोक्ने, कहिले छोरीलाई काँधमा बोक्ने ।’ बाँकि भिडियोमा :


