‘काठमाडौँलाई रेल होइन सफा सडक चाहिएको छ’: रञ्जु दर्शना

काठमाण्डौ, बैशाख २७ । विवेकशील नेपाली दलले आज काठमाडौंको सानो गौचरणमा चुनावी सभा गरेको छ ।

विवेकशीलबाट काठमाडौंमा मेयरकी उम्मेदवार रन्जु दर्शनाले सभालाइ सम्बोधन गर्दै आफू मेयर भएपछि काठमाडौंका साधारण समस्या समाधान गर्ने बताइन् ।

काठमाडौंको अहिलेको आवश्यकता मेट्रो र मोनो रेल नभएर सडकमा भएका खाल्डा खुल्डी पुर्नु रहेकोले आफ्नो प्राथमिकता त्यही रहने बताइन् । लुटतन्त्र विरुद्ध आफूमा आक्रोस रहेको भन्दै उनले केही दिन अघि बानेश्वरमा दिएको भाषण त्यसैको प्रस्फुटन भए पनि आफू शब्द चयनमा भने चुकेको स्वीकार गरिन् ।

आगामी दिनमा पनि भ्रस्टाचार बिरुद्धको अभियान जारी रहने भन्दै उनले उनले पुराना दलहरुले युवालाई ढुंगा मुढा गर्न सिकाउने तर नेतृत्वबाट भने बन्चित गरिरहेको आरोप लगाइन् ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरुको समेत सहभागिता थियो । सभालाई सम्बोधन गर्दै विवेकशील नेपाली दलका व्यवस्थापिका प्रमुख गोविन्द नारायणले भने, “अब इतिहास कागजमा होइन कर्ममा लेख्ने बेला भएको छ ।” उद्यमी आशुतोष तिवारीले विवेकशील नेपाली दल आर्थिक रुपमा पारदर्शि रहेको कुरा बताउंदै रन्जु दर्शनालाई साथ दिन काठमाडौंबासीलाई आग्रह गरे । सभामा गायिका प्राश्ना शाक्य, अराज केशव, रुसान श्रेष्ठले सांगीतिक प्रस्तुती दिएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖