‘आतङ्ककारी गतिविधि नरोके अनेरास्ववियुले रोक्न सिकाउने’ (हेर्नुहोस् भिडियो सहित)

अनेरास्ववियुका महासचिव ऐन महरले दोलखा घटनाको हत्यारालाई सरकारले अबिलम्ब कार्वाही नगरे आफुहरुले नै कार्वाही गर्ने चेतावनी दिएका छन् । यदि अखिलले कार्वाहि गर्नु परे त्यो ईतिहाँसमै पहिलो पकट सरकारको लागी निकै लज्जापुर्ण हुने भन्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नं. १ का नेकपा एमालेका कार्यकर्ता कुल बहादुर तामाङ्गको निर्ममतापुर्ण तरिकाले हत्या भएकोमा घटनाको घोर निन्दा गर्दै महरले शान्मि प्रकृयापछि पनि माओबादीमा अझै आतङ्कबादीको स्वभाव रहेको बताए । देशमा जनताले ल्याएको गणतन्त्र र लोकतन्त्र आईसकेको स्मरण गराउँदै महरले गणतन्त्र र लोकतन्त्रको सम्मान गर्न आग्रह पनि गरे ।

माओबादीमा अझै पनि आतंककारी स्वभाव भएकाले उस्ले आफ्नो स्वभाव परिवर्तन गरोस् नगरे अनेरास्ववियुले सिकाउने पनि उनले उदघोस् गरे । महरका अनुसार यदी माओबादीलाई सिकाउने परिस्थिति आयो भने त्यतिबेला उस्ले निकै नै ठुलो मूल्य चुकाउनु पर्नेछ । डढेलो लगाएर उजाड पारिएका बनहरु पनि हरियो भएर झाङ्गि सकेको बताउँदै जङ्गल फर्कने ठाउँ नरहेकोले जङ्गली गतिविधी रोक्न उनले आग्रह गरे । १० वर्षे द्वन्द्वकालको समाप्तिसंगै मान्छे मार्ने खेलको पनि समाप्ति भएको हुनाले महरले यस्तो अराजक र हिंस्रक खेल रोकेर शान्त र सौहार्द वातावरणमा चुनावमा सहभागि हुन सुझाव दिए ।

उनले माओबादीद्धारा गरिएको यो घटनाको जति नै निन्दा गरेपनि कम हुने भन्दै यस्ता अमानबिय घटना घटाउनेहरु देश द्रोही भएको बताए । उनले माओबादीलाई शान्तिपुर्ण राजनीति गर्न आग्रह गर्दै नगरे अनेरास्ववियुले नै माओबादीलाई सुधार्ने चेतावनी पनि दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।