चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले घमण्डै गरेर भने,- “म नभएको भए चुनाव मात्र होइन स्थानीय तह पनि बन्दैन थियो !”

चितवन, २८ वैशाख – प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा सरकार नबनेको भए स्थानीय निर्वाचन मात्र होईन स्थानीय तह पनि बन्न नसक्ने बताएका छन् । राजधानीका साँखु, थली र बौद्धमा भएका चुनावी सभाहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् ।

‘स्थानीय तहलाई गाउँ पंचायत वा गाविसकै रुपमा राख्न खोज्ने प्रवृत्तिबिरुद्ध लामो संघर्ष गर्नु परेको र अन्ततः कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकार सहितका स्थानीय तह बनाउन सकिएको बताउँदै उनले भने ‘मेरो नेतृत्वमा सरकार नबनेको भए स्थानीय निर्वाचन मात्र होइन स्थानीय तह पनि बन्न सक्ने थिएन ।’

चुनावमा देश र जनताको एजेण्डाले जित्नुपर्ने बताएका छन् । चुनाव कस्ले जित्छ भन्ने भन्दा पनि देश र जनताले जित्ने बताएका हुन् । ‘देशमा ठूला राजनैतिक परिवर्तन भएपनि जनताको जीवन परिवर्तन नहुँदा जनतामा निराशा बढेकाले यो निर्वाचनले जनतालाई उत्साह थपेको छ’ उनले भने ‘वैशाख ३१ मा नेपाली जनताको जीत हुने छ ।’

प्रधानमन्त्री प्रचण्डले अव स्थानीय तह कार्यान्वयनपछि भ्रष्टाचार पनि रोकिने बताए । ‘अव केन्द्रले होइन स्थानीय तहले आफै विकासका काम गर्छ’ उनले भने ‘माथिबाट पैसा पठाउने र भ्रष्टाचार गर्ने प्रबृत्ति अव हुँदैन ।’

उनले यो सरकारले हुलाकी सडक, फाष्ट ट्रयाक नेपाली सेनालाई निर्माण गर्न दिएको, लोडसेडिङ्ग अन्त्य गरेको र आर्थिक बृद्धिदर ६.९४ प्रतिशत पुर्याउने लगायतका महत्वपूर्ण काम गरेको बताए । ‘अव आर्थिक बृद्धिदर ७.५ पुग्छ’ – उनले भने ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।