‘धर्मको राजनीति गरेकाले राप्रपा पतनको बाटोमा’ : गगन थापा (भिडियो सहित)

माओबादिले सशस्त्र जनयुद्द नलडेको भएपनी ढिलोचाँडो नेपालमा गणतन्त्र आउँने गगनको दाबी !

एपी-१ टेलिभिजनको टक शो ‘दिशानिर्देश विथ बिजय कुमार’ मा बिजयकुमार पाण्डेले नेपाली कांग्रेसका नेता तथा स्वास्थ्य मन्त्री गगन थापासँग स्थानीय निर्बाचनको सेरोफेरोमा रहेर कुराकानी गरे।

कुराकानीकै क्रममा गगनले भने-‘कांग्रेसी र कांग्रेस यो दुईवटाको बिचमा फरक छ भन्ने कुरा छुट्याउँन नसके र कांग्रेसका समर्थकहरुलाई कांग्रेसी हो भन्ने भ्रम राखिरह्यौ भने नेपाली कांग्रेसले ठुलो मुल्य चुकाउँनु पर्नेछ।’

स्थानीय निर्वाचनको प्रसंगमा नेपाली कांग्रेसले पाइरहेको मतबारे गम्भीर भएर समिक्षा गर्नुपर्ने र अबका दिनहरुमा जनताहरुको चाहाना र भाबना बिपरित काम नगरे र यस्तै हो चल्छ भन्दै लापरबाहि गर्दै गइरहे नेपाली कांग्रेसको भबिस्य राम्रो नरहेको बताए।

बिबेकशिल र साझा पार्टिले पाएको मतलाई तपाई कसरी हेर्नुहुन्छ भनेर सोधिएको प्रश्नमा गगनले भने-‘त्यो गएको एक-दुई महिना बिचको राजनितिक परिघटना बाट आएको उत्तेजना हो।’

त्यस्तै गगनले माओबादिले सशस्त्र जनयुद्द नलडेको भएपनी ढिलोचाँडो नेपालमा गणतन्त्र आउँने कुराको दाबी गरे।

अर्को एक प्रसंगमा गगनले राप्रपाले धर्मको राजनिती गरेका कारण पनि उसलाई जनताहरुले स्थानीय निर्वाचनमा नपत्याएको र धर्मको राजनीति नगर्न आग्रह गरे।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।