लाहुरेहरुको निजी लगानीमा भलिवल खेल !
धनकुटा खबर, जेठ ३ । धनकुटा साबिक बुढिमोरङ गाबिसका दाजुभाईले बर्षौ देखि आफ्नो नीजि लगानीमा भलिवल प्रतियोगीताको आयोजना गर्दै आएका छन् ।
उनीहरुले आफ्ना स्वर्गीय स्व.टक्कर बहादुर र कान्छीरानी ईवाहाङ्ग लिम्बुको सम्झनामा उक्त गाउँको हाल साँगुरी गढी गाउँपालिका २ मा रहेको श्री रामनवमी माबि बिद्यालयको बार्षिक उत्सवको अवसरमा खेलको आयोजना गर्दै आएका हुन् ।

यसै सन्दर्भमा बिद्यालयको ६१ औं बार्षिक उत्सवको आवसर बिद्यालयले आयोजना गरेको खुल्ला र अन्तरमाबि स्तरीय छात्र–छात्रा भलिवल प्रतियोगिता भलिवल प्रतियोगिता आयोजना गर्न उनीहरुले उक्त आर्थिक सहयोग गरेका हुन् ।

३ दिन सम्म सन्चालन भएको उक्त भलिवल खेलका लागि प्रभावस र यूके तथा भारतिय सेनामा कार्यरत माधव, कृष्ण,ज् ञानबहादुर,अमृत, दिबहादुर, श्रीकमाुर र नेत्र ईवाहाङ्ग लिम्बुले पटक २ लाख ३० हजार सहयोग गरेको बिद्यालयका प्रधानाध्यापक रमेश ईवाहाङ्गले जानकारी दिए ।
६२ साल देखि बार्षिक रुपमा नीजि १ लाख सहयोगमा भलिवल खेल सन्चालन गर्दै आएका उनीहरुले आगामी बर्ष उनीहरुले उक्त रकम बढाएर ३ लाख पु¥उने टक्कर बहादुरका जेठा छोरा माधव ईवाहाङ्गले जानकरी दिए ।
बुधबार भएको फाईनल खेलमा खुल्ला पुरुष भलीवल तर्फ आयोजनक मिलिजुली क्लव बुढिमोरङ्गलाई हराउँदै ओक्तेन भलिवल क्लव संखुवासभाले उपाधी जितेको छ ।
बेष्टभ भाईभमा भएको फाईनल खेलमा खोक्तेनले पहिलो,दोस्रो र चौथो खेलमा २३–२५,२४–२६ र १८–२५ को सोझो सेटमा पराजित गरेको थियो । मिलिजुलीले तेस्रो खेलको १६–२५ को एक सेट जितमा चित्त बुझाएको थियो ।
बिजेताहरु टोलीले नगद रु ५० हजार,दोस्रोले ३० हजार र तस्रो टिम आयोजक बीले नगद रु १० हजार जितेको छ ।
त्यस्तै अन्तर बिद्यालय स्तरीय छात्र तर्फको खेलमा रामनवमी माबि बुढिमोरङ्गले जलकन्या माबि खुवाफोकलाई ७–२५ र १४–२५ को सेटमा हराएर बिजयी भएको छ ।
त्यस्तै छात्रा तर्फको खेलमा रामनवमी माबि बुढिमोरङ्गले भानु माबि डाँडाबजारलाई २२–२५ र ११–२५ हराएर बिजयी भएको छ । बिजयी छात्रको टालीले १३ हजार नगद र छात्राको टोलीले ५ हजार ५ सय जितेको छ ।
१ गते देखि सन्चालन भएको उक्त भलिवल खेलमा खुला तर्फ ४ र अन्तर माबि स्तरीयमा ७ टोली भलिवल टिमको सहभागिता रहेको सहआयोजक बिद्यालयका छेत्र ईवाहाङ्ग लिम्बुले जानकारी दिए ।
बिद्यालयको बार्षिक उत्सवमा ४८ जना विद्यार्थी छात्रबृति र एक जना शिक्षकलाई पुरस्कार प्रदान गरिएको छ ।
रामनवमी माविमा अध्ययन गर्ने कक्षा ११ र १२ का विद्यार्थीलाई टकरबहादुर कान्छीरानी स्मृति कोषले जनही २ हजारको दरले छात्रबृति वितरण गरको छ ।
उक्त छात्रबृति र पुरस्कार जिल्ला शिक्षा अधिकारी रामबहादुर थापा,टकरबहादुर कान्छीरानी स्मृति कोषका संस्थापक सदस्य माधव ईवा, साँगुरीगढी गाउँपालिकाका कार्यकारी अधिकृत गुणराज भट्टराई, तिर्थबुद्ध स्मृति छात्रबृति कोषका संस्थापक सदस्य ललित ईवा लगायतले वितरण गरेका थिए ।


