एमालेले मधेशमा टेक्ने जमिन पाउँदैन : महन्थ ठाकुर (भिडियो हेर्नुहोस्)
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मधेशमा टेक्ने जमिनसमेत नपाउने दाबी गरेका छन् । उनले पहिलो चरणको निर्वाचनमा जे जति स्थानमा जित हाँसिल गरेपनि दोस्रो चरणको निर्वाचनमा एमाले मधेशमा पत्तासाफ हुने घोषणा गरेका छन् । हिमालय टेलिजिभनमा प्रशारण भएको धमलाको हमला कार्यक्रममा पत्रकार ऋषि धमलासँगको विशेष कुराकानीमा अध्यक्ष ठाकुरले यस्तो बताएका हुन् ।


