सनसनीपूर्ण खबर : जब सुशीला कार्कीले पाँच घण्टासम्म शीतलनिवासमा राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई ठिंग उभ्याइदिइन्…

काठमाण्डौ, ८ जेठ । प्रधानन्यायाधीश सुशीला कार्कीका कारण मंगलबार राष्ट्रपति, प्रधानमन्त्रीसहित धेरै ठूलाबढाले दुःख पाए ।
महाअभियोग प्रस्ताव सर्वोच्चले खारेज गरेपछि फेरि काममा फर्किएकी सुशीलाले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख ओनसरी घर्ती, लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, चारवटै सुरक्षा निकायका प्रमुखलाई शीतलनिवासमा पाँच घण्टासम्म उभ्याएको उभ्यायै गरिदिइन् ।

के हो कारण ?
मंगलबार बिहान पौने नौ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख दीप बस्नेतको सपथ ग्रहण समारोह थियो राष्ट्रपति भवन शीतलनिवासमा । संविधानअनुसार अख्तियार प्रमुखले राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशबाट पद तथा गोपनियताको सपथ लिुपर्छ । सबै तोकिएको समयभन्दा पहिल्यै शीतलनिवास पुगे । राष्ट्रपति पनि कार्यकक्षबाट सपथ खुवाउने विशेष हलमा आइन् । तर, प्रधानन्यायाधीश कार्कीको पत्तो थिएन । धेरै बेर कुर्दासम्म कार्की आइनन् । सबै असिन पनिस भए । राष्ट्रपति र प्रधानमन्त्रीले केहीबेर कानेखुसी गरे । सुशीला नआउनुको कारणबारे राष्ट्रपतिको सचिवालयले सुशीलासँग कुरा बुझ्यो । उनले नआउने जानकारी दिइन् ।

गोपाल पराजुली कार्यबाहक भएर शीतलनिवास गएपछि…
सुशीला कार्की संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि सोही दिन निलम्बनमा परिन् । उसैदिन रातारात कार्यबाहक प्रधानन्यायाधीश भए गोपाल पराजुली । तर, अदालतमा रिट दायर भयो । महाअभियोगको प्रस्ताव न्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले खारेज गरिदियो, सुशीलालाई काममा फर्कन निर्देशन दियो । सुशीला फेरि सर्वोच्च फर्केपछि गोपाल बिदामा घरै बसे । तर, मंगलबार सुशीलाले गोपाललाई फोन गरेर सर्वोच्च बोलाइन् । घरमा आराम गरेर बसिरहेका पराजुलीलाई कार्यबाहक प्रधानन्यायाधीशको चिठी थमाइन् र दीप बस्नेतको सपथ खुवाउन शीतलनिवास पठाइन् । गोपाल १ बजेमात्र शीतलनिवास पुगे र बस्नेतको सपथ गराए ।

किन गइनन् दीप बस्नेतको सपथमा सुशीला ?
लोकमानसिंह कार्की अख्तियार प्रमुख बन्न अयोग्य थिए भन्ने मुद्धामा सर्वोच्चले उनको जागिर खाइदियो । त्यस्तै मुद्धा दीप बस्नेतविरुद्ध पनि अदालतमा परेको थियो । मुद्धा अझै विचाराधीन छ । अयोग्यतासम्बन्धी मुद्धा सर्वोच्चमा विचाराधीन रहेकै अवस्थामा बस्नेतलाई प्रमुख आयुक्त नियुक्ति गरिएकामा सुशीला रुष्ट छिन् । लोकमान अयोग्य फैसला गरेकी कार्कीले बस्नेत पनि अयोग्य रहेको मुद्धा विचाराधीन रहेको अवस्थामा नियुक्ति भएका अख्तियार प्रमुखलाई आफूले सपथ खुवाउन नसक्ने जानकारी राष्ट्रपति कार्यालयमा गराइकी छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।