ओलीले भने,- प्रचण्डलाई सरकार छोड्न मन छैन, देउवालाई प्रधामन्त्री बन्न हतार

काठमाण्डौं, ९ जेठ । सत्तारुढ र विपक्षी दलबीच भएको छलफल सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानीय तहको संख्या किन थप गरिएको हो ? भन्दै प्रश्न गरेको थियो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने,‘बैठकमा स्थानीय तहको संख्या थप र बजेटका बारेमा छलफल भएको थियो हामीले संविधानको कुन धाराको आधारमा स्थानीय तहको संख्या थप गरियो ? भनेर सोध्यौं ।’

उनले नेकपा एमालेलाई हराउने षडयन्त्रस्वरुप यस्तो निर्णय सत्तापक्षले गरेको भन्दै आक्रोश व्यक्त गरे । ‘एमालेलाई हराउने डिजाइनमा संख्या थप गर्ने काम गरियो । स्वार्थका पछि लागेर जहाँ जहाँ एमालेले जित्ने ठाउँ छ त्यहाँ भत्काउने काम गरिएको छ,’ उनले भने, ‘पहिले नै हामीले विराटनगर र वीरगन्जलाई महानगर बनाउन भन्दा कांग्रेसले मानेन तर अहिले चुनावको मुखमा संख्या थप गरिएको छ । यो उपयुक्त भएन ।’

अहिले पनि सत्तारुढ दलका कोही नेतालाई प्रधानमन्त्री पद छाड्न मन नभएको र केहीलाई नभई नहुने अवस्था रहेको टिप्पणी गरे । ‘उहाँहरु सत्ता हेरफेरको विषयमा केन्द्रित हुनुहुन्छ,’ उनले भने ।

नाम नलिए पनि उनले प्रचण्ड र देउवालाई लक्षित गर्दै भने ‘कसैलाई छाड्न मन छैन, कसैलाई प्रधानमन्त्री बन्न हतार छ ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।