चुनावी एजेण्डा बोकेको मौलिक घर !
धनकुटा बजार नजिक खर र रातो माटोले लिपेको धनकुटाका अल्प संख्यक आठपहरीया जातिहरुको पारम्परीक घर । शहरीकरण संगै यस्ता मौलिक घर बिस्थापित भएपनि पुजा गर्ने मुलघरमा खर र माटो बाहेक अन्य बस्तु प्रयोग गर्न नमिल्ने मान्यताले शहरका बीचहरुमा यस्ताघरहरु अझैं देख्न पाईन्छ ।

धनकुटा नगरपालिका क्षेत्रमा मात्र पाईने यी जातिको मौलिकतालाई समेटेर होम–स्टे सन्चालन गरेर धनकुटाको पर्यटक प्रवद्र्धन गर्ने धनकुटाका राजनैतिक दलहरुले आफ्ना स्थानिय चुनावी एजेण्डामा अनिवार्य समेटेका छन् ।
तस्वीर: नारायण कुमार राई / धनकुटा खबर

