‘सूर्यको झण्डा फहराएर मर्ने’ भन्दै धनुषाका ७३ बर्षीय बेचन शाह एमाले प्रवेश

धनुषा जिल्लाको तत्कालिन तल्लो गोदारबाट ०४९ सालमा नेपाली काँग्रेसका तर्फबाट अध्यक्ष निर्वाचित भएका बेचन शाह अहिले ७३ वर्षको भए । उनले पहिलो पटक जनप्रतिनिधि निर्वाचित भएको नै अहिले २५ वर्ष पूरा भयो ।

तर, यी २५ वर्षमा धेरै परिवर्तनहरु भए । तर, बेचन आफ्नै पार्टीबाट पटक–पटक अपमानित हुँदा बेचैन नभइ पार्टीमै बसिरे । कुनै बेला त पार्टीबाट सम्मानित कसो नहोइएला भनेर कुर्दा–कुर्दै २५ वर्ष पूरा भयो तर उनीमाथि काँग्रेसले कहिल्यै न्याय गर्न सकेन, केवल उनले न्याय गर्ने बचन मात्र पाइरहे ।

वर्तमान गृहमन्त्रीका पिता अर्थात मधेश राजनीतिका मुर्धन्य व्यक्ति महेन्द्रनारायण नीधि र नेपालका प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवले समेत विश्वास गरेका शाह मंगलबार बानेश्वरस्थिति इन्द्रेणी होटलको पाचौँ तलमा निकै भावूक मुद्रा प्रस्तुत भए ।

करिब जीवनको उत्तरार्धतिर नेकपा (एमाले) को नीति, विचार र सिद्धान्तबाट प्रभावित भएर एमाले प्रवेश गरेका शाहले भने– ‘म अहिले ७३ वर्षको भएँ, मलाई एक पटक मेरो नगरपालिकामा (पहिलाको तल्लो गोदार अहिलेको गणेशनाथ–चारनाथ नगरपालिका) सूर्यको झण्डा फहराएर मर्ने इच्छा भएकाले एमाले प्रवेश गरेको हुँ ।’

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका लगाएर एमाले प्रवेश गरेका शाहले २५ वर्षको अवधीमा तल्लो गोदारलाई चर्चायोग्य बनाएको पनि स्मरण गरे । ‘महेन्द्रनारायण नीधि मन्त्री भएका बेला ०५१ सालतिर मैले उहाँको पहलमा तल्लो गोदारमा अस्पताल बनाएँ । डाक्टर रामवरण यादवको पहलमा बाटोघाटो र स्कूलहरु बनाएँ,’ उनी एकैछिन विगततिर फर्किए र फेरि आफूले गरेका विकासका कुरा खोतले ‘मैले त्यहाँ ६५ वटा इनार खनाए, बजार बसाएँ । मैले जति गरेँ विकासका काम मात्रै गरेँ, त्यो पनि त्यहाँका स्थानीय जनताका लागि ।’

त्यसो त उनलाई अहिले पनि तल्लो गोदारका जनता कुनै पार्टीको नेता भन्दा माथि राखेर समाजसेवी र विकासका पिता भनेर चिन्ने गर्छनन् । ‘अहिले पनि उहाँले भनेपछि दुई–चार हजार भोट प्रभावित हुन्छ,’ इन्द्रेणीमै भेटिएका गोदारका एक मतदाताले भने, ‘उहाँ एमाले प्रवेश गर्नु भनेको त्यहाँ सूर्यको झण्डा फहराउनु हो ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।