प्रचण्डले कम्युनिष्टको राग अलापेर हैरानै पारे : अध्यक्ष बैद्य (भिडियो सहित)

नेकपा माओवादी क्रान्तिकारीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टको नाम जपेर हैरान पारेको बताएका छन् । नेपालआजसँगको कुराकानीका क्रममा अध्यक्ष वैद्यले भने, ‘बाबुरामले त खुलेरै सबै त्यागेको घोषणा गरे । कम्युनिष्ट हैन भने, इमान्दारीता देखाए । तर यी प्रचण्ड त कम्युनिष्टको नाम जपेर हैरान पारिसके ।’ बैद्यले बाबुराम र प्रचण्डमा कुनै फरक नभएको तर प्रचण्डले चाहीँ नक्कली कम्युनिष्ट बनेर जनता झुक्याइरहेको उल्लेख गरे । स्थानीय तहको निर्वाचनमा यसपटक पार्टीले चुनाव उपयोग गर्ने नीति लिएको उनले बताए । अध्यक्ष बैद्यले भने, ‘हाम्रो आफ्नै मोर्चा छ । मोर्चाका उम्मेदवारलाई हाम्रो समर्थन हुन्छ ।’अहिलेको व्यवस्था, संविधानलाई राम्रो भनेर चुनावमा जाने निर्णय नभएको उनले स्पष्ट पारे । उनले भने, ‘भारतमा पनि लोकतान्त्रिक गणतन्त्र छ त । के त्यहा राम्रो भइरहेको छ ? राम्रो भएको भए किन चारु मजुमदारले विद्रोह गर्नु पथ्र्यो ? ’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।