देशब्यापी सम्बोधन गर्दै प्रधानमन्त्रीद्वारा राजीनामा, सम्बोधनमा ५ झुठ बोले दाहालले

काठमाडौं, १० जेठ–प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएका छन् । पहिलो चरणको स्थानीय तहको चुनाव आफूले गरेकोले आफू सफल प्रधानमन्त्री भएको दावी गर्दै राजीनामा दिएका हुन् ।

देशवासीका नाममा संम्बोधन गर्दै दाहालले आफैंले २० वर्ष देखि हुन नदिएको स्थानीय चुनाव गराएको भन्दै जस लिन खोजेका थिए । माओवादी हिंसाकै कारण २० वर्षदेखि स्थानीय तहको चुनाव हुन सकेको थिएन, जुन चुनावको पहिलो चरण आफूले गरेको जस लिंदै दाहाल विदा भएका हुन् ।

सम्बोधनमा दाहालका ५ झूठ

पहिलो झूठ
देशवासीका नाममा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले बोलेको पहिलो वाध्य नै झूठ फेला परेको छ । उनले सम्बोधनका क्रममा पहिलो वाक्य बोले– ‘म संसदमा आफ्नो सम्बोधन गर्न चाहन्थेँ तर, संसद हिजोदेखि अवरुद्ध भएपछि सिधै देशवासीका नाममा सम्बोधन गर्दैछु ।’
तर, प्रधानमन्त्री दाहालले संसद अवरोध थियो भने पनि संसद अवरोध थिएन । सभामुख ओनसरी घर्तीले सूचना टाँस गरेर बैठक स्थगित गरेकी थिइन् । यसअघि प्रतिपक्षीले बेल घेराउ गर्दा पनि प्रधानन्यायाधीश विरुद्धको महाभियोग प्रस्तुत गर्ने सभामुख घर्तीले संसद आफैंले सूचना टाँस गरेर स्थगित गरेकी थिइन् ।

दोस्रो झुठ
प्रधानमन्त्री दाहालले आफूले प्रधानमन्त्री सम्हालेपछि आर्थिक बृद्धिदर ७ प्रतिशत पुर्याएको दावी गरे । तर, अघिल्लो सरकारले पेश गरेको बजेटले नै आर्थिक बृद्धिदरलाई ७ प्रतिशत पुर्याउने प्रक्षेपण गरेको थियो । आर्थिक बृद्धिदर बजेटले हासील गर्ने हो भन्ने पनि दाहालले बुझेका देखिएन । आर्थिक बृद्धिदर बजेटले ल्याएको हो जुन अघिल्लो ओली सरकारको बजेट हो ।

तेस्रो झुठ
दाहालले अर्काे झुठ बोले, विद्युत आयात गरेर र २ महिनामै माथिल्लो खिम्ति बनाएर लोडसेडिङ अन्त्य गरेको वताए । तर, भारतसँग विद्युत आपूर्ति गर्ने सम्झौता केपी ओलीको सरकारले गरेको थियो भने खिम्ति आयोजनालाई पनि ओली सरकारकै पालामा तीब्रता दिइएर निर्माणको अन्तिम चरणमा पुर्याइएको थियो । त्यही दुई महिनाको बीचमा खिम्ती राष्ट्रिय प्रशारण लाइनमा जोडिएको थियो । तर, दाहालले दुई महिनामै खिम्ती आयोजना बनाएर लोडसेडिङ अन्त्य गरेको दावी गरे । जुन झुठो थियो ।

चौथो झुठ
फास्ट ट्रर्याक आफूले नेपाली लगानीमै बनाउन लागेको भन्ने अर्काे झुठ दाहालले प्रस्तुत गरे । तीब्र दवाव पनि उनले द्रूतमार्ग नेपाली लगानीमै बनाउने पूर्ववर्ती सरकारको निर्णयमा समर्थन जनाएका थिए । पूर्ववर्ती ओली सरकारले द्रूतमार्ग आफ्नै खर्चमा बनाउन बजेट समेत छुछ्याएको थियो । तर दाहालले आफूले द्रूतमार्ग सुनिश्चित गरेको वताए ।

पाँचौं झुठ
चीनसँग नेपालको हितमा गरिएका सम्झौताहरुलाई धरासायी बनाउन भारतसँग पसारो परेर सरकार चलाएका दाहालले आफूले सन्तुलित छिमेकी नीति लिएको दावी गरे, जुन झुठो थियो । अघिल्लो सरकारले चीनसँग गरेका सम्झौता कार्यान्वयन अलपत्र पार्ने काम दाहालले नै गरे भने त्यसलाई सुनिश्चित गर्ने चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण रद्द गराएर भारतको चाकरीमा तल्लीन रहे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।