‘मुगाखोला खानेपानी कृषी सहकारी संस्था’ पाख्रीबासको दोश्रो वार्षिक साधारण सभा सम्पन्न

धनकुटा खबर, जेष्ठ १० । मुगाखोला खानेपानी कृषी सहकारी संस्था पाख्रीवासको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष ज्ञान वहादुर गुरुङ्गको अध्यक्षता तथा जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष सुन्दरवावु श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा सहकारीको आर्थिक प्रतिवेदन संस्थाका व्यवस्थापक प्रेम भण्डारीले प्रस्तुत गर्नुभयो ।

प्रस्तुत प्रतिवेदन अनुसार संस्थाले आव २०७२-७३ मा २ करोड ७५ लाख ५४ हजार ५ सय ७० रुपयाँ वरावर कोष प्रवाह गरेको जानकारी दिईएको छ । सो आर्थिक वर्षमा ३९ हजार ४ सय ५४ रुपयाँ खुद नाफा कमाएको छ ।

त्यस्तै अघिल्लो आर्थिक वर्ष २०७१-७२ मा संस्थाले १ करोड ८५ लाख ४५ हजार ६६ रुपयाँ कोष प्रवाह गरेको प्रतिवेदनमा उल्लेख छ । २०७१ सालमा स्थापीत यो संस्थामा अहिले ३ सय २९ शेयर सदस्यहरु रहेकाछन् भने जम्मा शेयर पूँजी, १० लाख ६ हजार ६ सय र जम्मा शेयर कित्ता १० हजार ६६ रुपयाँ रहेको छ ।

जिल्ला सहकारी संघका अध्यक्ष श्रेष्ठले वत्ती वाली उद्घाटन गर्नुभएको साधारण सभामा पार्टी प्रतिनीधिहरु नेपाली कंग्रेस पाख्रीवास नगर कमिटी अध्यक्ष कोपीन मानन्धर,नेकपा एमालेका प्रतिनीधि डागम कुमार राई, माओवादी केन्द्रका मुीक्र वजगाई,राप्रपाका धन वहादुर वस्नेत, संघिय समाजवादी फोरमका केवल कुमार देवान,नयाँ नेपाल उपभोक्ता सहकारी संस्पथाका अध्यक्ष श्याम प्रकाश राई लगायत वजार व्यवस्थापन समितिका पदाधिकारी, सूरक्ष निकायका प्रमुख को उपस्थिति थियो । संस्थाले उत्कृष्ठ वचतकर्ता,शेयर सदस्यहरु गरी जम्मा ७ जनालाई पुरस्कृत तथा सम्मान गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।