‘प्रचण्ड’ नेतृत्व सरकारले चर्चा योग्य कुनै पनि चमत्कारिक काम गरेको छैन : रामशरण महत (भिडियोसहित)
आइजीपी काण्ड , प्रधानन्यायाधीश बिरुद्ध महाभियोग प्रस्ताबमा कांग्रेसले लिएको रबैया नै कांग्रेसको हारको मुख्य कारण हो
स्थानीय तह निर्वाचनको पहिलो चरणको अधिकांश मतपरिणाम सार्वजनीक भइसकेको छ र नेकपा एमालेले सबैलाई उछिन्दै नेपाली काँग्रेसलाई दोस्रो स्थानमा खुम्चाइदिएको छ । नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ ।
आफुलाई बैकल्पिक शक्ति दाबी गर्ने र केही सीमित स्थानमा मात्र प्रतिस्पर्धा गरेको विवेकशिल नेपाली र साझा पार्टीले खासै उल्लेख्य जीत हासिल गर्न नसके पनि ठुला राजनीतिक दलहरुलाई राम्रै चुनौती दिन सफल भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र नयाँ शक्ति पार्टीलाई जनताले कमजोर साबित गरिदिएका छन् ।
जतिसुकै असन्तुष्टि भए पनि यस पटक पनि मतदाताले का“ग्रेस, एमालेको विकल्पमा काँग्रेस एमालेलाई नै रोजेको मतपरिणामले पुष्टि गरेको छ ।
यति नै बेला प्रधानमन्त्री पुष्पकमल दाहाललाई विस्थापित गर्दै का“ग्रेस सभापति शेरबहादुर देउवालाई देशको बागडोर सम्हाल्न हतारोे छ ।
दोस्रो चरणको निर्वाचन आउन करिब तीन साता बाँकी रहँदा सत्तापरिवर्तन गर्न काँग्रेसलाई किन हतार ? निर्वाचनको अन्तिम समयमा आइजीपी प्रकरण तथा प्रधानन्यायधीश सुशीला कार्कीमाथि महाअभियोग लगाउने खेलमा लाग्दा का“ग्रेसले कति क्षेति बेहोर्नुप¥यो ? संविधान संशोधन गर्दै मधेश केन्द्रित दलहरुलाई निर्वाचनमा सहभागि गराउन नयाँ सरकारले प्रमुख प्रतिपक्षीलाई कसरीमा विश्वास लेला ? काम चलाउ सरकारले बजेट कसरी ल्याउँछ ?
यिनै प्रश्नको जवाफ खोज्न आज दिलभूषण पाठकले टफ टकमा नेपाली का“ग्रेसका नेता तथा पुर्वअर्थमन्त्री डा.रामशरण महतलाई स्टुडियोमा बोलाएका छन् । महतसँग गरिएको आजको बिशेष बहस हेर्नुहोस्


