‘प्रचण्डले’ राजिनामा दिएपछि एमाले नेतृ शान्ता चौधरीको मन छुने सन्देश !

काठमाडौं, नेकपा एमालेकि नेतृ केन्द्रिय सदस्य शान्ता चौधरीले प्रधानमन्त्रि प्रचण्डले राजिनामा दिएपनि मुलुकमा राजनितिक अस्थितरतन यथावत रहेको टिप्पणि गरेकि छिन् । उनले फेसवुकमा स्ट्याटस लेख्दै भन्छिन्–‘प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुभयो । नेपालमा लामो समय एकैजना प्रधानमन्त्री नरहने अस्थिर राजनीतिक बातावरण छ । अब अरु कोही प्रधानमन्त्री बन्नुहोला, जो बने पनि पनि केही महिनालाई मात्र हो । अर्थात्, राजनीतिक अस्थिरता यथावत रहने भयो ।

हामीलाई स्थिर सरकार र पाँच वर्ष टिक्ने प्रधानमन्त्री चाहिएको हो । यसका लागि चुनाव चाहिन्छ । अबको चुनावमा चाहिँ एउटा पार्टीलाई बहुमत दिलाउन सकियो भने केही महिने प्रधानमन्त्रीबाट देशले मुक्ति पाउने छ ।

अघिल्लो प्रधानमन्त्री केपी ओलीसँग तुलना गर्यो भने प्रचण्ड सफल प्रधानमन्त्री ठहरिनु हुन्न तर म यो अन्याय गर्दिन् । केपी ओलीजस्ता प्रधानमन्त्री एक युगमा एकपटक मात्र पाइन्छ । जे भए पनि प्रचण्डले स्थानीय चुनाव गराउनु भएको त हो नै । चुनाव गराउन उहाँलाई इच्छा थिएन तर वाध्यतावश चुनाव गराउन पर्ने भयो र उहाँले गराउनु पनि भयो । प्रचण्डले दोस्रो चरणको चुनाव गराउनुहोला भन्ने आशा थियो तर छाडेर हिँड्नुभयो । चुनाव गराउने शर्तमा उहाँलाई एमालेले नै समर्थन दिन्थ्यो तर उहाँले देशप्रतिको दायित्वभन्दा कांग्रेसका केही नेताहरुको निजी इच्छा पूर्ति गर्ने दायित्वलाई महत्वपूर्ण ठान्नुभयो ।

चुनाव भयो भने प्रचण्डले जस पाउनुहुने छैन, भएन भने चुनावको मुखमा पद त्यागेकाले चुनाव भएन भन्ने अपजश पाउनुहुने छ । यसमा चाहिँ उहाँले विवेक पुराउन सक्नुभएन ।

कतिपय विषय पार्टीगत हुन्छ, कतिपय विषयमा पार्टीभन्दा माथि उठेर सोच्नुपर्ने हुन्छ । अब जो प्रधानमन्त्री बने पनि उसलाई नेकपा एमाले सहित सारा जनताले सहयोग गर्नुपर्छ । अब बन्ने प्रधानमन्त्रीलाई सबैले सहयोग गरेर देशलाई सफल बनाउनुपर्छ । अब बन्ने प्रधानमन्त्रीले पार्टीको स्वार्थभन्दा माथि उठेर सबै तहको चुनाव गर्नुपर्छ ।

हार्दिक विदाई प्रचण्डज्यू । यहाँको राजनीतिक जीवन आगामी दिनमा पनि सफल रहोस् भनी कामना गर्दछु ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।