राष्ट्रिय सहमतिको सरकार गठन गर्न ओलीको प्रस्ताव, प्रचण्डको नेतृत्व स्वीकार गर्ने संकेत

काठमाडौं, जेठ १२ – एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकार गठन गर्न प्रस्ताव गर्नुभएको छ । संसद भवन नयाँ बानेश्वरबाट बाहिरिने क्रममा पत्ररकारहरुसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले राष्ट्रपतिले बिहीबार आह्वान गरेअनुसार राष्ट्रिय सहमतिको सरकार गठन गर्न आफूहरु तयार रहेको बताउनुभएको हो ।

उहाँले नेतृत्वको विषयमा एमाले लचक रहेको भन्दै योग्य व्यक्तिलाई प्रधानमन्त्री स्वीकार गर्न एमाले तयार रहेको उल्लेख गर्नुभयो । ओलीले प्रधानमन्त्रीको विषयमा एमाले लचक रहेको बताउँदै घुमाउरो रुपमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नै प्रधानमन्त्री मान्न तयार रहेको संकेत गर्नुभयो ।

‘हामी राष्ट्रिय सहमतिको सरकारको पक्षमा छौं, ओलीले भन्नुभयो, ‘जो योग्य र जसलाई सबैले मान्छन्, त्यहि व्यक्तिको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्छ ।’ उहाँले राष्ट्रिय सहमतिको सरकार गठनका लागि अन्य राजनीतिक दलहरुलाई पनि आग्रह गर्नुभयो ।
मधेश केन्द्रित राजनीतिक दलका माग पूरा भएको र बाँकी असन्तुष्टिलाई चुनावपछि सम्बोधन गर्न सकिने उल्लेख गर्दै उहाँले चुनावमा भाग लिन आग्रह गर्नुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।