गगन थापाका मामा कांग्रेस परित्याग गरी एमालेमा प्रवेश

कांग्रेसका पछिल्ला गतिबिधि र देउवाको शैली चित्त नबुझेर कांग्रेस परित्याग गरेको बताएका छन्

नेपाली कांग्रेसका नेता तथा स्वास्थ्य मन्त्री गगन थापाका कान्छा मामा दोस्रो चरणको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बनेका छन् । गगन थापाका कान्छा मामा मोहनकृष्ण बस्नेत कांग्रेस परित्याग गरेर एमालेबाट दूधकौशिका गाउँपालिका वडा नम्बर २ को वडा सदस्य उम्मेदवार बनेका हुन् ।

शुक्रबार आयोजित उम्मेदारी घोषणा कार्यक्रमबाटै बस्नेतले आफू एमाले प्रवेशको घोषणा गरे । निजामति सेवाबाट अवकाशप्राप्त ६५ वषर्ीय बस्नेतले कांग्रेसका पछिल्ला गतिबिधि र सभापति शेरवहादुर देउवाको शैली चित्त नबुझेर एमाले प्रवेश गरेको बताए ।

उनले एमाले प्रवेश गर्नुअघि बुबासँग सल्लाह गरेको बताए । उनका बुबा अर्थात स्वास्थ्यमन्त्री गगन थापाका हजुरबुबा गणेशवहादुर बस्नेत कांग्रेसका पूराना नेता हुन् । पूर्व सीडीओ समेत रहेका बस्नेत २०४९ र २०५४ को स्थानीय चुनावमा साबिक काँगेल गाविसमा कांग्रेसबाट गाविस अध्यक्ष निर्वाचित भएका थिए ।

परिवारका सबै सदस्य कांग्रेस भए पनि अहिले कांग्रेसको नीतिहीनताबाट निराशा छाएर बसेको उनले बताए ।

उनले एमाले प्रवेशबारे भान्जा गगनसँग भने कुरा नभएको पनि जानकारी दिए । एमाले उम्मेदवार बनेका बस्नेतले भने-मैले भान्जासँग चाहिँ कुरा गरिन । भान्जाले एमालेमा नजानु भन्छन् । बुबा र दाजुसँग सोधेँ, उहाँहरुले जित्ने एमाले नै हो अब शुभकामना भन्नुभयो ।’

यसैबीच एमाले सोलुखुम्बुले दूधकौशिका गाउँपालिकाका सबै उम्मेदवार तय गरेको छ । ९ वडा रहेको गाउँपालिका अध्यक्षमा श्यामकुमार राई र उपाध्यक्षमा कल्पना गिरी बस्नेतको उम्मेदवारी घोषणा भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖