गगन थापाका मामा भन्छन,-‘मामा र भान्जाको नाताभन्दा देश र जनता ठूलो हो : म एमाले हुँदा गगन थापाले चित्त दुखाउनु भएको छ, मामाघरै नआए पनि केही छैन’
काँग्रेसका चर्चित नेता तथा स्वास्थमन्त्री गगनकुमार थापाका लागि हिजो निकै तनावपूर्ण रह्यो । उनको मावलीको पूरै परिवार कांग्रेस निकट भए पनि उनका कान्छा मामा कांग्रेस परित्याग गरी एमाले प्रवेश गर्न लागेको खबर गगन थापाको कानमा पर्यो । उनले मामालाई फोन गरे र जिज्ञासा राखे । पार्टी सभापति शेरबहादुर देउवाको प्रवृत्तिको विरोध जनाँउदै उनले आफू कांग्रेस रहिरहन नसक्ने जवाफ फर्काए ।

गगनले मामालाई पार्टी परित्याग नगर्न आग्रह गरे । तर मामाले सुनेनन । उनी एमाले प्रवेश मात्र गरेनन् वडा सदस्यको उमेद्धार समेत बने ।
गगन थापाका कान्छा मामाले यसरी काँग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेसँगै कांग्रेस वृत्तमा हलचल मच्चिएको छ ।
एमालेले हिजो आयोजना गरेको उम्मेदवारी घोषणा सभाबाटै ६५ वर्षिय मोहनकृष्ण बस्नेतले काँग्रेस छाडेर एमाले भएको घोषणा गरेका हुन । उनले कांग्रेस सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक परिपाटीको धज्जी उडाएको र मनपरी तवरले पार्टी चलाएको आरोप लगाँउदै आफू काँग्रेसमा अटाउन नसेकेको टिप्पणी गरे ।
तर, उनले काँग्रेसले मुलुकको हित नगर्ने भएकाले आफ अडिन नसकेको प्रतिक्रिया दिए ।
‘‘मामा र भान्जाको नाताभन्दा देश र जनता ठूलो हो’, ‘बस्नेतले भने, ‘पुरै परिवार काँग्रेस भए पनि म एमाले हुँदा भान्जाले चित्त दुःखाउनुभएको छ । त्यही कारण मामाघरै नआए पनि मैले केही गर्न सक्दिन ।
गगनका मामा मोहनकृष्ण बस्नेत ३१ जेठका लागि घोषित दोश्रो चरणको निर्वाचनको मुखैमा काँग्रेस छाडेर एमाले प्रवेश गरेपछि कांग्रेस वृत्तमा हलचल मच्चिएको हो ।
६५ वर्षीय बस्नेतले एमालेका तर्फबाट दूधकौशिका गाउँपालिका–२ को वडा सदस्यका उम्मेदवारसेमत बनेका छन् । बस्नेतले भान्जा गगनलाई आफूले पार्टी छाड्नेबारे नसोधेको भए पनि अन्यत्रैबाट थाहा पाएर नजान भनेको उल्लेख गरे ।
उनका बुबा अर्थात स्वास्थ्यमन्त्री गगन थापाका हजुरबुबा गणेशवहादुर बस्नेत कांग्रेसका पूराना नेता हुन् । पूर्व सीडीओ समेत रहेका बस्नेत २०४९ र २०५४ को स्थानीय चुनावमा साबिक सोलुखुम्बुको काँगेल गाविसमा कांग्रेसबाट गाविस अध्यक्ष निर्वाचित भएका थिए ।
स्मरण रहोस यस अगाडि गगन थापा पार्टीको महाधिवेशनमा उनकै ससुरा अर्जुन नरसिंह केसीसँग प्रतिष्पर्धामा होमिए । अर्जुन नरसिंह केसीको मत काटिएको थियो । अलिहेको स्थनाीइ निर्वाचनमा भने मामा एमाले बनेपछि मावलीसँगको उनको सम्बन्ध के हुन्छ ? प्रश्न गर्न थालिएको छ ।


