भरतपुर महानगरको मेयरमा प्रचण्ड पुत्री रेणुको हार लगभग पक्कापक्कि, यस्तो छ कारण – पछिल्लो अपडेट सहित…
चितवन, १३ जेठ । भरतपुर महानगरपालिकामा एमालेका मेयर पदका उम्मेद्वार देवी ज्ञवालीको जीत सुनिश्चित देखिएको छ । अब २२ , १८ , २१ , १९ र २० गरी पाँच वडाहरुको मात्र मत गन्न बाँकी रहँदा ज्ञवालीले लिएको अन्तरका कारण प्रचण्डपुत्री तथा माओवादी केन्द्रका मेयर पदकी उम्मेद्वार रेणु दाहाललाई ज्ञवालीले पराजित गर्ने देखिएको हो । चितवनका राजनितिक विश्लेषकहरुका अनुसार प्रतिस्पर्धा रोमाञ्चक भएपनि अब रेणुले देबीलाई जित्न हरेक वडामा ३०० मतको अग्रता लिनुपर्छ र त्यो सम्भव छैन । वडा नम्बर १७ को मतगणना हुँदा प्रतिस्पर्धा रोमाञ्चक बनेपनि ज्ञवाली दाहाभन्दा १५९८ मतले अघि भएका कारण दाहालको पराजय हुने सम्भावना थप बढेको हो । विशलेषकहरु अहिलेको मत परिणामको टे«ण्ड कायम रहने हो भने रेणुले जित्न अब चमत्कार नै हुनुपर्ने तर्क गर्छन । भरतपुरमा अहिले अहिले वडा नम्बर २२ को मतगणना सुरु भएको छ ।

यस्तो छ पछिल्लो मत परिणाम : एमाले, देवि ज्ञावाली – ३७ हजार २ सय ९८ / माओवादी केन्द्र, रेणु दाहाल – ३५ हजर ७ सय / राप्रपा, बद्री तिमील्सिना – ५ हजार ९ सय ११ / मधेसी जनअधिकार फोरम ९लोकतान्त्रीक०, राजु पौडेल – २ सय ३ / नेकपा माले, सिर्जना रुवाली – २ सय १३ / राष्ट्रिय जनमोर्चा, भक्तिराम गौतम शर्मा – ८४ / नेपाल मजदुर किसान पार्टी, रविन कुमार प्रधान – १० / नेपाल परिवार दल, राजेन्द्र प्रसाद अर्याल – ५४ / संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ९थरुहट०, जीवनराम महतो – ३६८ / राष्ट्रिय जनमुक्ती पार्टी, ज्ञान बहादुर गुरुङ – ७७ / नेपाल दलित पार्टी, डिल बहादुर विश्वकर्मा – १४ / नयाँ शक्ती पार्टी नेपाल, सूर्यप्रसाद तिमील्सिना – ३२२ / स्वतन्त्र, अम्विका मुडवरी – १५२ / स्वतन्त्र, प्रेम कुमार सुनार – १४१ / मतान्तर –१५९८ मत
माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहालको उम्मेदवारीकै कारण सुरुबाटै चर्चामा आयो भरतपुर महानगर । त्यसमा कांग्रेस माओवादीको गठवन्धन, कांग्रेसका मेयर उम्मेदवार दिनेश कोइरालाको उम्मेदवारी फिर्ता र कांग्रेस कार्यकर्ताको असन्तुष्टिले थप ततायो भरतपुरलाई । सबैभन्दा महत्वपूर्ण कुरा के छ भने एमाले भर्सेस कांग्रेस-माओवादी गठवन्धनको पेचिलो प्रतिस्पर्धालाई तीन दलका अध्यक्षहरुले नै प्रतिष्ठाको विषय बनाए ।
बैशाख २८ गते कांग्रेस सभापति शेरबहादुर देउवालाई लिएर प्रचण्ड, मेयरकी उम्मेदवार बनेकी छोरीका लागि भोट माग्न भरतपुर पुगे । यो पूर्व सूचना पाएका एमाले अध्यक्ष केपी ओली पार्टी महासचिवलाई लिएर त्यसको १ घण्टा अघि नै चितवन आए र पोखरा वसपार्कको एमाले सभामा भाषण गरे ।
केही सय मिटरको दुरीमा भएको जनसभामा सम्बोधन गरेका नेताहरुले भरतपुरको चुनावलाई प्रतिष्ठाको विषय बनाए । नेताको प्रतिष्ठाको विषय त छँदै थियो । पोखरा वा काठमाडौंको जस्तो गरी पूर्व नतिजा आकंलन गर्न सक्ने प्रकारको जनमत नदेखिएपछि भरतपुरको गणना झनै ‘हटकेक’ बनेको छ ।


