अब पशुलाई ८ घन्टा बढी काममा लगाउन नपाइने, छाडा छाडे, पुच्छर बटारो कारबाही !

काठमाडौं । पशुलाई मानिसले आफूखुसी जति समय पनि काममा लगाउने प्रवृत्तिलाई सरकारले बन्देज लगाउने कानुन ल्याएको छ । पशुपपंक्षी विकास मन्त्रालयले पशु कल्याण निर्देशिका, ०७३ जारी गर्दै पशुलाई अधिकतम ८ घन्टा मात्रै काममा लगाउन पाइने प्रावधान ल्याएको हो ।

त्यति मात्रै होयन, वृद्धावस्थामा पुगेको पशुलाई कामबाट निवृत्त गरी पशुधनीले उचित हेरचाह गर्नुपर्ने प्रावधानसमेत निर्देशिकामा समेटिएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

अधिकतम ८ घन्टा काममा लगाउन पाइने व्यवस्था विश्वका अधिकांश मुलुकका श्रम ऐनले गरेको छ । पशुपंक्षीलाई काममा लगाउँदासमेत समयसीमाको व्यवस्था नेपालमा पहिलोपटक ल्याइएको हो ।

निर्देशिकाले बूढो भएको पशुलाई छाडा छोड्न नपाइने व्यवस्था गरेको छ । पशुप्रति हुने निर्दयी व्यवहारमा रोकावट गरी उचित व्यवस्थापन, विकास, गुणस्तर कायम गर्न निर्देशिका जारी गरिएको मन्त्रालयले जनाएको छ ।

पशुले काम गरिरहेका बेला मानिसले अक्सर पुच्छर बटार्ने, चोटपटक लाग्ने गरी कुटपिट गर्ने गरेको देख्न पाइन्छ । तर, निर्देशिकाले पुच्छर बटार्ने, भाँच्ने, अंगभंग गर्न नपाइने व्यवस्था गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।