दीप प्रज्वलन गर्दै एमनेस्टीले मनायो ५६ औं स्थापना दिवस (फोटो फिचरसहित)
धनकुटा खबर, जेठ १४ । अन्तराष्टिय मानव अधिकारवादी संस्था एमनेस्टी ईन्टरनेशनलले आफ्नो ५६ औं स्थापना दिवस मनाएको छ ।

सो अबसरमा एमनेस्टी धनकुटा शाखाको निशानदीप समुह–१ ले चुवाको बोट चौकमा दीप प्रज्वलन गरेको छ ।

शाखाका संयोजक कृष्ण गोबिन्द चेम्जोङ्गको संयोजनामा सम्पन्न उक्त कार्यक्रममा केन्द्रिय सदस्य संगिता चापागाईं जिल्ला सदस्य बुद्धिकान्त घिमिरे लगाएतले स्थापना दिवसका शुभकामना दिनुभएको थियो ।

सन् १९६१ मा बेलायतमा स्थापना भएको यस संस्थाले अन्तराष्टिय क्षेत्रको मानव अधिकारको बिषयमा काम गर्दै आएको छ ।



