‘प्रचण्ड’ले फास्ट ट्रयाक शिलान्यास गरेको सुनेपछि केपी ओलीलाई ज्वरो आयो !
काठमाडौँ, १४ जेठ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग फेरि एकाएक झोक्किन थालेका छन् ।
पछिल्लो समय ओली प्रचण्डसँग नरम मात्र होइन, प्रधानमन्त्रीमा उनको निरन्तरता नै चाहन्थे । काँग्रेसले सत्ता नपाएको झोकमा समर्थन फिर्ता लिए एमालेले समर्थन गरेर सरकार टिकाउनेसम्मको बचन ओलीले दिएका थिए । तर, आइतबार उनी एकाएक प्रधानमन्त्रीसँग रिसाएका हुन् । कारण हो, प्रधानमन्त्रीले गरेको काठमाण्डु–निजगढ दु्रतमार्ग (फस्ट ट्रयाक) शिलान्यास।
ओलीले प्रधानमन्त्रीले शिलान्यासको खेती गरिरहेको आरोप लगाए । उनले सरकारले कुनै काम नगरेको र शिलान्यासको खेती मात्र गर्दै हिंडेको टिप्पणी गरे । प्रधानमन्त्री प्रचण्डले काम केही नगरी कुरा मात्र गर्दै हिंडेको आरोप उनको थियो । ‘प्रधानमन्त्रीजीलाई काममा होइन, कुरामा मात्र रुची छ’, युवा संघ नेपालले राजधानीमा गरेको कार्यक्रममा उनले भने, ‘फास्ट ट्रयाकको आजै मात्र शिलन्याश भयो आरे, सरकारको काम शिलान्यास गर्ने मात्रै भएको छ ।’ ओलीले एमालेको नेतृत्वमा मात्र मुलुकमा विकास सम्भव हुने जिकिर पनि गरे ।
आफ्नो सरकार गिराएपछि प्रधानमन्त्री बन्नै लाग्दा प्रचण्ड फास्ट ट्रयाक भारतलाई दिन प्रधानमन्त्री बन्न लागेको आरोपसहित संसदको रोष्ट्रमबाट ओलीले सोधेका थिए, ‘फास्ट ट्रयाकको भविष्य के हुन्छ ?’ । प्रचण्डले त्यतिबेला कुनै जवाफ दिएनन् । तर, प्रधानमन्त्री भएको केही महिनापछि उक्त मार्गको निर्माण नेपाल आफैंले गर्ने भन्दै कामको जिम्मा नेपाली सेनालाई दिएको थियो ।


