एमालेले मतपत्र च्यात्यो : रेणु दाहाल

काठमाण्डौं, भतरपुरकी माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालले आफूहरुले नभई एमालेले मतपत्र च्यातेको आरोप लगाएकी छन् ।

उनले आफूले जित्ने निश्चितजस्तै भएपछि आत्तिएको एमालेले सुनियोजित रुपमा मतपत्र च्यातेको आरोप लगाइन् । करिब ४ हजारले अगाडि रहेका ज्ञवालीको अग्रतालाई आफूले ५ सयमा झारेको र १९ र २० नम्बर वडाको मतगणना सकिँदा जित्ने पक्का भएपछि एमालेले मध्यरातमा षड्यन्त्र गरेको आरोप उनको छ ।

‘मैले लिड गर्ने अवस्था आएको थियो, आफू हार्ने भएपछि एमालेले षड्यन्त्रपूर्वक मतपत्र च्यात्ने काम गरे’, रेणुले भनिन्, ‘एकपक्षीय समाचार सम्प्रेषण गरेर जनतामा भ्रम सिर्जना गर्न खोजियो ।’ मतपत्र च्यात्ने एमाले कार्यकर्ताको आफ्ना कार्यकर्ताले प्रतिकार मात्र गरेको दाबी उनको छ । रेणुले मतपत्र च्यात्ने दुई एमाले कार्यकर्तालाई प्रहरीले पक्राउ गरे पनि सञ्चार माध्यममा नल्याई गुपचुप राखिएको दाबी गरिन् ।

‘हाम्रा मात्रै मान्छे समातिए भनेर प्रचार गरिएको छ, तर एमालेका दुई जना समातिएको कतै आउँदैन ।’ पत्रकार सम्मेलनमार्फत आफूहरुको धारणा सार्वजनिक गर्ने तयारी भएको जानकारी उनले दिइन् । उता एमाले भने रेणुको आरोप मान्न तयार छैन ।

एमाले चितवनका अध्यक्ष एवं सांसद कृष्णभक्त पोखरेलले हार्ने निश्चित भएपछि माओवादीले बाहिरबाट अनाधिकृत मान्छे भित्र पठाएर लफडा झिकेको र मतपत्र च्यातेको आरोप लगाए । उनले हार स्वीकार्न हाग्रो भएकाले घटना भएको प्रतिक्रिया दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।