चितवनमा बस, माइक्रो र ट्रक ठोक्किँदा १० जना घाइते

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीस्थित पृथ्वी राजमार्गमा बस, माइक्रो र ट्रक एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्।

कात्तिक १० गते बिहान करिब ९ः२० बजे काठमाडौंमा‍बाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज १२५९ नम्बरको माइक्रोलाई विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बसले ठक्कर दिएको थियो।

माइक्रोलाई ठक्कर दिएपछि अनियन्त्रित भएको बस सोही दिशातर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ६१३ नम्बरको ट्रकमा समेत ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा बस र माइक्रोमा सवार १० जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि कुरिनटारस्थित सशस्त्र प्रहरी बलको पृथ्वी हाईवे ट्रमा सेन्टर र इच्छाकामना गाउँपालिका अस्पतालमा लगिएको छ।

इच्छाकामना गाउँपालिका अस्पतालमा उपचाररत घाइतेमध्ये माइक्रोमा सवार बारा जिल्लाको निजगढ निवासी ४२ वर्षीय कुमार जोशी, नवलपुरको कावासोती नगरपालिका–३ निवासी ३८ वर्षीय खेमबहादुर गुरुङ र ४२ वर्षीय मुराबहादुर कुमाल रहेका छन्।

त्यसैगरी, बसमा सवार झापाको दमक नगरपालिका–३ निवासी ४८ वर्षीया कल्पना पोखरेल र बिर्तामोड नगरपालिका–५ निवासी २२ वर्षीय रोमन भट्टराई पनि घाइते भएका छन्।

दुर्घटनामा घाइते भएका थप पाँच जनाको नाम र ठेगानासहितको विवरण आउन बाँकी रहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖