मुख्य-निर्वाचन अधिकृत न्यौपाने भन्छन, – म पिसाब फेर्न गएकोबेला मतपत्र च्यातियो, अब छानबिन समिति बनाउँछौं

चितवन, मतगणनाको वातावरण नभएको भन्दै भरतपुर महानगरपालिकाको मतगणना अनिश्चितकालका लागि स्थगित गरिएको छ । मध्यरातमा मतपत्र च्यातिएपछि मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले पत्रकार सम्मेलन गरी मतगणना स्थगित भएको घोषणा गरेका हुन् । उनले घटनाको सत्यतथ्य छानबिन गर्न समिति बनाउने र समितिको प्रतिवेदनअनुसार आफूहरु अघि बढ्ने बताए ।

पत्रकार सम्मेलनमा उनले भने, ‘म पिसाब फेर्न गएको बेला केही व्यक्तिहरु अनधिकृत रुपले जबर्जस्ती छिरेर मतपत्र च्याते ।’ सुरक्षाका लागि गेटमा राखिएका प्रहरीले पनि प्रवेश पास नभएको व्यक्ति आएको र आफूले रोक्दा रोक्दै जबर्जस्ती भित्र छिरेको बताएका छन् ।

मतपत्र च्यातेको भन्दै चितवन वाईसीएल जिल्ला अध्यक्ष मधु न्यौपाने र मतगणनामा बसेका माओवादी प्रतिनिधि द्रोण सिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

एमाले मेयरका उम्मेदवार देबी ज्ञवालीले भने भरतपुर महानगरपालिकामा माओवादी हार्ने निश्चित भएपछि योजनाबद्ध ढंगले मतपत्र च्यातिएको दाबी गरेका छन् । यसबारे आफूहरुलाई पूर्वसूचना भएकाले सुरक्षाकर्मीलाई जानकारी गराएको तर रोक्नेतर्फ ध्यान नदिइएको उनले आरोपसमेत लगाए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।