आफूले मतपत्र च्यातेको माओवादीले स्वीकार्यो, रेणुले सार्वजनिक गरेको तस्बिरले जनकपुरबासी आक्रोशित

काठमाडौं, १५ जेठ– भरतपुर महानगरको मत गणनामा कांग्रेस–माओवादी गठबन्धनकी उम्मेदवार तथा प्रधानमन्त्री पुत्री रेणुले धेरै भोट पाउने आशा गरेको वडा नम्बर १९ मा सोचेजति भोट नआएपछि रेणु चुनाव हार्ने पक्का निश्कर्षमा पुगिन् । त्यसैबेला खानका लागि ब्रेक गर्ने नाममा मतगणनाका माओवादी प्रतिनिधि अन्य नेताहरुसँगै दुई घन्टा गोप्य बैठक बसे ।

फेरि मत गणना सुरु गर्दा माओवादीका मतदान प्रतिनिधिहरुले मतपत्र च्याते । उनीहरुलाई प्रहरीले मतपत्र च्यातिरहेकै ठाउँबाट रंगेहात पक्राऊ गर्यो । चुनाव हार्ने निश्चित भएपछि मतपत्र च्यातिएको बहान बनाएर भए पनि मतदान दोहोर्याउने माओवादीको योजना थियो । सोही अनुसार उनीहरुले मतपत्र च्यातेका थिए ।

मतपत्र च्यातेर ठाउँका ठाउँ पक्राऊ परेका छन् माओवादी नेता । तर, प्रधानमन्त्री पुत्री रेणुले बाहिर अर्कै प्रचार ल्याइन्– ‘मैले जित्ने देखेर एमालेका साथीहरु अत्तालिए ।’ एमालेका साथीहरु अत्तालिएर माओवादी नेता मत च्यात्दा च्यात्दै पक्राऊ परेका हुन् ? रेणुसँग यसको जवाफ छैन ।

लोकतान्त्रिक प्रणालीलाई स्वीकार नगर्ने माओवादीले यतिसम्म गर्नुलाई दुनियाँले अन्यथा ठान्दैनन् । तर, भरतपुरको हकमा जनताको मत च्यात्ने लोकतन्त्र विरोधी कामको मतियार कांग्रेस नेतृत्व पनि बनेको छ । पुनः मतदानको बखेडा झिक्न आफैंले मतपत्र च्यात्ने काम गरेपछि रेणुले माओवादी कार्यकर्ता मार्फत एमालेले मतपत्र च्यातेको प्रचार गराउन लगाइन्, जुन प्रचार झुठ भएकाले टिक्न सक्ने अवस्थामा थिएन ।

टिकेन पनि ।
सञ्चार माध्यममा मतपत्र च्यात्ने माओवादी नेता पक्राउ परेको तस्बिर आयो । यसले प्रधानमन्त्री पुत्रीलाई खपिनसक्नु भयो । त्यसपछि एमालेले मतपत्र च्यातेको तस्बिर बाहिर ल्याउने आइडिया निकाल्यो । तर, माओवादीको त्यो आइडियाले माओवादी नेतृत्व झन् नराम्रोसँग फस्न पुग्यो ।

केही समयअघि प्रधानमन्त्री पुष्पकमल दाहाल जनकपुर जाँदा त्यहाँका स्थानीयले उनीमाथि कालो झण्डा देखाएका थिए । सोही क्रममा प्रहरीले त्यहाँका स्थानीय युवाहरुलाई पक्राऊ गरेको थियो । त्यो तस्बिर प्रयोग गरेर माओवादीले एमालेले मतपत्र च्यातेको र प्रहरीले पक्राऊ गरेको भनी तस्बिर सार्वजनिक गर्यो । त्यसले अझ उल्टो असर माओवादीलाई नै किन पर्न गयो भने तस्बिरमा चितवनमा एमाले कार्यकर्ता पक्राऊ परेको भनी पोष्ट गरिएको भए पनि त्यही तस्बिरको पृष्ठभूमिमा जनकपुर लेखिएको साइनबोर्ड देखियो ।

जनकपुरको तस्बिर प्रयोग गरेर मतपत्र च्यात्ने एमाले कार्यकर्ता भन्ने माओवादीले भ्रम दिन खोज्दा जनकपुरका युवाहरु आफ्नो बदनाम गरिएको भन्दै आक्रोशित भएका छन् । जनकपुरका युवा संजिवकुमार झाले त माओवादीले प्रयोग गरेको तस्बिर आफ्नो फेसबुकमा पोष्ट गरी माओवादीले जनकपुरवासीको अपमान गरेको भनी टिप्पणी गरे । जनकपुरका सरोज मिश्र र जितेन्द्र महासेठले प्रधानमन्त्री दाहाललाई कालो झण्डा देखाउँदा प्रहरीले पक्रेको तस्बिर राखेर भरतपुरमा एमाले कार्यकर्ताले मतपत्र च्यातेको प्रचार गरिएको भन्दै उनले खेद ब्यक्त गरे ।
माओवादीद्वारा मतपत्र च्यातेको स्वीकार

मतगणनास्थलमा उपस्थित माओवादी प्रतिनिधि मधु न्यौपाने र द्रोण सिवाकोटीले मतपत्र च्याते पनि आफूले नभएर एमालेले च्यातेको दावी गर्दै आएको माओवादी र कांग्रेसको गठबन्धनले घुमाउरो तरिकाले आफैंले मतपत्र च्यातेको स्वीकार गरेका छन् । वडा नम्बर १९ मा आफूले सोचेजति भोट नआउने प्रष्ट

भएपछि पुनः मतदान गराउने रणनीति अनुरुप मतपत्र च्यात्ने निश्कर्षमा पुगेको माओवादी र कांग्रेसले पुन मतदान गर्न माग गरेका छन् । – चक्रपथअन्लाईनको सहयोगमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।