एमालेलाई झड्का दिने तरिकाले भरतपुर प्रकरण उल्टियो, माओबादीले लगायो एमाले माथि गम्भीर आरोप, निकाल्यो यस्तो बिज्ञप्ति (बिज्ञप्तिसहित)

चितवन, जेठ १५ । भरतपुर महानगरको वडा नम्बर १९ को मतगणनाका क्रममा मतमत्र च्यातिएको विषयमा माओवादीले एमालेमाथि गम्भीर आरोप लगाएको छ ।

चितवन माओवादी केन्द्रका इन्चार्ज इश्वरी भट्टराईले सोमबार एक विज्ञप्ति जारी गर्दै भरतपुर घटनामा मतगणना जारी रहेकै बेला एमालेका चार जना प्रतिनिधि एक्कासी मतगणनास्थलमा प्रवेश गरी मतपत्र कव्जा गरेपछि घटना भएको खुलासा गरेको छ ।

माओवादी केन्द्रले नामै किटेर कृष्ण न्यौपाने, गणेश लामा, आश्विन घिमिरे र प्रकाश ढुङगानाले मतपत्र कव्जा गर्न खोजेपछि माओवादी केन्द्रका प्रतिनिधि द्रोणबाबु सिवाकोटी र मधु अधिकारीले रक्षा गर्ने क्रममा केही मतपत्र च्यातिएको जनाएको छ ।

उसले यो घटनाको बास्तविकता लुकाउदै एमालेले भ्रमपुर्ण समचार सम्प्रेशण गरेको पनि दावी गरेको छ ।माओवादीले घट्नास्थलबाट गिरफ्तार गरिएका आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै स्थानीय तह ऐन अनुसार सम्बन्धित मतदान केन्द्रमा तत्काल निर्वाचन गर्न माग गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।