‘शान्तिपूर्ण बाटोबाटै अब राजतन्त्र फर्किन्छ’ : कमल थापा

काठमाडौँ, जेठ १५ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टीलाई चारैतिरबाट घेराबन्दी गरिएकाले स्थानीय तहको चुनावमा पार्टीले अपेक्षाकृत परिणाम हासिल गर्न नसकेको बताउनुभएको छ ।

पार्टीको २८औँ स्थापना दिवसलाई सम्बोधन गर्दै अध्यक्ष थापाले पार्टीभित्रको आन्तरिक कमजोरीलाई सुधार गरी दोस्रो चरणको चुनावमा पार्टीको आदर्श तथा सिद्धान्तका साथै स्थानीय विकास निर्माणका बारेमा जनतालाई बुझाएर सफलता हासिल गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले संविधानले कुनै पनि विचारलाई निषेध नगरेको बताउँदै देशमा शान्तिपूर्ण बाटोबाट हिन्दू राष्ट्र तथा संवैधानिक राजतन्त्र कायम गर्न सकिने दृढता व्यक्त गर्नुभयो ।

अर्को प्रसङ्गमा उहाँले भन्नुभयो, “निषेधको राजनीति कसैले पनि गर्नु हुँदैन, मधेस केन्द्रित दललाई विश्वासमा लिएर दोस्रो चरणको निर्वाचनमा सहभागी गराउनुपर्दछ ।”

पछिल्लो पटक ल्याइएको संविधान संशोधन राष्ट्रको हितमा रहेकाले आफ्ना दलले त्यसका पक्षमा मतदान गर्ने निर्णय गरेको जानकारी उहाँले दिनुभयो ।

पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले मुलुकमा विद्यमान समस्या समाधानका लागि सबै दल एकताबद्ध भई अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्दै अबको निर्वाचनमा पार्टीले राजनीतिक गतिविधि तीव्र रुपमा सञ्चालन गरी जनतालाई आकर्षित गर्नुपर्ने बताउनुभयो ।

यसअघि चाबहिलस्थित पार्टी कार्यालयमा पार्टीको झन्डोत्तोलन गरिएको थियो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।