भरतपुरमा एमालेको विरोध र्याली, महासचिव पोख्रेलले सम्वोधन गर्ने
चितवन १६ जेठ । एमाले चितवनले तत्काल मतगणना सुचारु गर्न माग गर्दै आज विरोध र्याली गरेको छ ।

नारायणगढको पुल्चोकबाट शुरु भएको र्यालीमा एमालेका हजारौँ कार्यकर्ताहरु सहभागी रहेका थिए । सो र्याली शहीदचोक, लायन्सचोक, क्याम्पस गेट, चौविसकोठी हुँदै मतगणना स्थल कभर्डहल नजिकै जि.वि.स. अगाडि पुगेर सम्पन्न भएको थियो ।
र्यालीमा सहभागीहरुले मतगणना स्थल वरपर २४सै घण्टा निगरानी दिने समेत बताएका थिए । सो र्यालीमा एमालेका केन्द्रीय सल्लाहकार सदस्य केशवलाल श्रेष्ठ, प्रदेश सदस्य विजय सुवेदी, जिल्ला अध्यक्ष कृष्णभक्त पोख्रेल, सचिव पार्वती रावललगायत जिल्लाका नेता तथा कार्यकर्ता सहभागी भएका थिए ।


