बच्चा भैसकेपछि पनि उत्साहमय यौन जीवन बनाऊन चाहनुहुन्छ ? यसो गर्नुहोस्…

काठमाडौं–एक सन्तान भएपछि कसैले पनि यौनको चाहना सकियो भन्ने ठान्न हुँदैन । कतै बिहे गरेपछि यौन बिनाको दाम्पत्य जीवन बिताउनतर्फ त लाग्नुभएको छैन ? त्यसो होइन्, बरु यसलाई अझ उत्साहमय बनाउने प्रयत्न गर्नुतर्फ लाग्नुपर्छ । यसका लागि केही उपायहरु यस्ता छन्ः

१. सेक्सको महत्व
जो कोहीले पनि सेक्सलाई विशुद्ध सन्तानोत्पादनका लागि आवश्यक क्रिया ठान्न हुँदैन् । दाम्पत्य जीवनलाई सुखमय, रंगिन र उत्साहप्रद बनाइराख्न श्रीमान–श्रीमतीबीचको आत्मियतालाई टिकाइराख्न सेक्स आवश्यक छ भन्ने कुरालाई स्वीकार गर्नुस् ।

२. आत्मीयता
श्रीमानको महत्व बच्चा जन्माउने बेलामा महिलाले अझ राम्रोसँग बुझ्छन् । श्रीमानले दाम्पत्य जीवनमा श्रीमतीको त्याग, बलिदान आदिलाई नजिकबाट महसुस गर्छन् । यसले दुईबीचको प्रेमलाई अझ सघन बनाउँछ ।

३. रोमान्टिक कोठा
सुत्केरी श्रीमतीको कोठामा केही सातापछि मधुर रोमान्टिक गीतको मन्द धुन लगाउने, फूल राख्नेलगायत रोमान्टिक वातावरण निर्माण गर्ने प्रयास गर्नुस् । यसले महिलाको शरीरमा सेक्स हार्मोनको उत्सर्जनलाई तीव्र बनाउँछ र तपाईंको रोमान्टिक दिनचर्या चाँडो नजिकिन्छ ।

४. सचेत
बच्चा जन्माउँदा कतिपय महिलालाई एप्सिटमी नामक छोटो सर्जरी गरिएको हुन्छ । बच्चा जन्माएपछि सेक्समा सरिक हुँदा टाँका लगाएको ठाउँमा दुख्न सक्छ । सर्जरी गरेको छदेखि आठ हप्ताभित्रमा सर्जरीको असर प्रायः हटेर जान्छ र यौनांग पूर्ववत अवस्थामा आउने क्रम तीव्र बन्छ । सर्जरी गरेको ठाउँमा सेक्स गर्दा दख्खल त पुग्दैन भन्नेमा सचेत रहनुपर्छ । यदि दख्खल पुग्ने सम्भावना छ भने फोरप्ले आदिबाट चित्त बुझाउनुपर्छ ।

५. मन प्रसन्न
मन प्रसन्न हुने काम गर्दा शरीरमा एड्रनेलिन नामक रसायन उत्सर्जन हुन्छ, जसले दम्पतीलाई सेक्सको मुडमा पु¥याउँछ । यसका लागि दुवैजनालाई मन पर्ने फिल्म हेर्ने, गीत सुन्ने आदि गर्नुपर्छ । तनाव भएको छ भने रुचीको काम गरेर चित्तलाई प्रसन्न राख्नुपर्छ ।

६. रुची
सन्तान प्राप्तिपछि श्रीमतीलाई आफू कम आकर्षक भएको चिन्ता हुनसक्छ । श्रीमतीलाई यस्तो महसुस गर्न नदिन आफू उनीप्रति अझै आकर्षित भएको र सेक्स गर्ने दिनलाई व्यग्रतापूर्वक पर्खिरहेको संकेत दिनुस् । यसले उनलाई राहत र मानसिक शान्ति दिन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।