ओलीको प्रश्न प्रचण्डलाई: कति वटा बिहे गरेपछि तक्मा पाइन्छ ? (भिडियो सहित)

काठमाण्डौ १६ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिले भरतपुरमा च्यातिएको मतपत्रको घोर निन्दा गरेका छन् । उनले आफु हार्ने निश्चित भएको जानेर मतपत्र च्यात्ने माओबादीको अराजक प्रवृतिप्रति आक्रोश व्यक्त गर्दै भरतपुर घटनाको निन्दा गरेका हुन् । मंगलबार काठमाण्डौको भृकुटीमण्डपमा नवनिर्वाचित मेयर उपमेयरलाई बधाई तथा शुभकामना ज्ञापन गर्दै अध्यक्ष ओलिले भरतपुरको घटना सरकारले सुनियोजित गरेको आरोप लगाए ।मंगलबार अध्यक्ष ओलिले कंग्रेस र माओबादिलाई अराजक पार्टी भनेर खुलेरै गालि पनि गरे । उनले कांग्रेस र माओबादीले देशको ढुकुटी रित्त्याउन चाहेको लोभि पापि मन भएकाहरुलाई नेकपा एमालले कुनै पनि हालतमा त्यसो गर्न नदिने चेताउनी समेत दिए । कार्यक्रममा अध्यक्ष ओलिले जेठ ३१ बाट अषाढ ९ गते सारिएको दोश्रो चरणको निर्वाचनप्रति आपत्ति जनाए । अषाढ ९ गतेको चुनाव गरिनु भनको मुस्लिम समुदायलाई चुनावबाट बहिष्कार गर्ने सरकारको षडयन्त्र भएको बताए । कुनै पनि हालतमा नेकपा एमालेलाई अषाढ ९ गतेको निर्वाचन स्वीकार्य नहुने ओलिले स्पष्ट पारे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।